News Portal

कर्णालीका मुख्यमन्त्री शाहीले फिर्ता गरे सुरक्षामा खटिएका प्रहरी

हिमाली संचार संवाददाता
५२८ पटक
२०७७ जेठ ११, आईतबार

सुर्खेत – कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन्। स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु मुख्यमन्त्री कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएका हुन्।

कोरोना महामारी रोकथामका लागि सहयोग होस् भनेर सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेको मुख्यमन्त्री शाहीले बताए। मुख्यमन्त्री शाहीले भने, ‘बाहिर सुरक्षाकर्मीको अभाव छ। क्वारेन्टाइन स्थलमा दुईजना प्रहरीले सुरक्षा दिइरहेका छन्। त्यसैले केही सजिलो होला भनेर फिर्ता गरेको हुँ।’

मुख्यमन्त्रीको सुरक्षामा एक/एकजना सई, असई, हवल्दार र चारजना सिपाही गरी ७ जना प्रहरी र एकजना ड्राइभर खटिएका थिए। मुख्यमन्त्रीले फिर्ता गरेका प्रहरीले शनिबारदेखि नै जिल्ला प्रहरी कार्यालयमा डियुटी सुरु गरिसकेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...