News Portal

कोरोना संक्रमित आइसोलेसनको ढोका फोडेर फरार

हिमाली संचार संवाददाता
६३५ पटक
२०७७ जेठ ११ आइतबार

जनकपुर —जनकपुरको आइसोलेसन वार्डमा उपचाररत सर्लाहीका एक कोरोना संक्रमित शनिबार राति ढोका फोडेर भागेका छन् ।

वैशाख २९ गते संक्रमण पुष्टि भएपछि उनलाई जनकपुरको आइसोलोसन वार्डमा राखेर उपचार भइरहेको थियो । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख एसपी रमेश बस्नेतले शनिबार राति आइसोलेसन वार्डको तेस्रो तलाको ढोका फोडेर संक्रमित फरार भएको जानकारी दिए । उनका अनुसार ती व्यक्ति सुस्त मनस्थितिका छन् ।

‘सुस्त मनस्थितिका भएकाले आइसोलेसनमा आएदेखि उपद्रो मच्चाइरहेका थिए,’ बस्नेतले भने, ‘तीन दिनअघि सीसी क्यामेरा फुटाइदिए । अहिले फरार नै भए ।’ उनको खोजीमा धनुषा र सर्लाहीबाट प्रहरी खटाइएको छ । ‘पीपीई लगाएका प्रहरी उनको खोजीमा खटिएका छन्,’ बस्नेतले भने, ‘शनिबार राति नै फरार भए पनि प्रहरीलाई आइतबार बिहान मात्र जानकारी दिइयो । फरार भएको हो कि भगाइयो, दुवै कोणले अनुसन्धान भइरहेको छ ।’

 

प्रादेशिक अस्पतालको आइसोलेसनमा तीन दिनयता संक्रमितको संख्या बढेको छ । अहिले ३० जना उपचाररत छन् ।

फरार संक्रमितलाई मानसिक रोगको औषधि चलाइएको थियो । ‘मानसिक स्थिति ठीक नभएकाले आइसोलेसनमै दिनदिनै होहल्ला र उपद्रो गरिरहेका थिए,’ प्रादेशिक अस्पतालका मेसु नागेन्द्र यादवले भने, ‘चार दिनअघि झ्याल फोडेर त्यहीँबाट पिसाब फेरिदिए ।’ उनका ती संक्रमितको दोस्रो पटक स्वाब परीक्षण भइसकेको छ ।

सर्लाहीका एसपी विश्वमणि पोखरेलले जनकपुरको आइसोलेसनबाट फरार भएकाको खोजी त्यहाँ पनि भइरहेको बताए । ‘हिँडेरै आउने होला । उसको गाउँ र नाकाहरूमा प्रहरी खटाइएको छ,’ उनले भने, ‘राजमार्गका प्रहरीलाई पनि चनाखो राखिएको छ ।’

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...