News Portal

एकैदिनमा भारतमा ६ हजार ७ सय कोरोना संक्रमण

हिमाली संचार संवाददाता
४२८ पटक
२०७७ जेठ ११ आइतबार

काठमाडौं — भारतमा एकैदिन ६ हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ४७ जनाको मृत्यु भएको छ ।

भारतमा यसअघि गत शुक्रबार ६ हजार ६ सय ५४ जनामा संक्रमण देखिएको थियो । हालसम्म भारतमा एक लाख ३१ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ । त्यस्तै ५४ हजार ४ सय ४१ जना निको भएका छन् । भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढिरहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुमध्ये अधिकांश भारतबाट फर्किएका भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर ३ लाख ४२ हजार १ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै ५३ लाख १३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये २१ लाखभन्दा बढी निको भएका छन् ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...