News Portal

धादिङको किन्ताङफेदीबाट हातहतियार सहित २ जना पक्राउ

हिमाली संचार संवाददाता
४४८ पटक
२०७७ जेठ ११आईतवार

धादिङ -उत्तरी धादिङको खनियाबास गाउँपालिकाको किन्ताङ फेदिबाट प्रहरीले हात हतियार सहित २ जनालाई पक्राउ गरेको छ । झ्याप्ले भन्ने २७ वर्षिय राजु तामाङ र ३३ वर्षिय हरिबहादुर तामाङ पक्राउ परेका हुन् ।

खुकुरी, चाकु लगायतका हातहतियार झोलामा बोकेर हिडिरहेको अवस्थामा फेला पारी उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । पक्राउ पर्ने राजु तामाङ खनियाबास १ झार्लङका स्थायी बासिन्दा हुन भने हरिबहादुर तामाङ झार्लाङबाट सल्यान्टारमा बसाई सरि आएको  प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो। हरिबहादुर तामाङ केही वर्ष अगाडी दार्खा चौकीको हिरासतबाट प्रहरीको हत्कडी सहित भागेको फरार अभियुक्त हुन् ।

यस्तै यि दुवै जना केही वर्ष अघि मुस्ताङबाट लुटेर फर्कने क्रममा जोमसोममा लूटेर ल्याईएका सामान र हात हत्तियार सहित पक्राउ परी ६ वर्ष कैद भुक्तान गरेर आएका हुन् ।  राजनितिक आडमा गुण्डागर्दी गर्दै आएका तामाङद्धोय गाउको विकास निर्माणका काम गर्ने समिती, ठेकेदार, गाडी, होटेल र पसलवालाहरुलाई धम्क्याउँदै पैसा असुल गर्ने गरेको नाम गोप्य राख्ने सर्तमा एक जना स्थानियले बताएका छन् । शनिबार पक्राउ परेका  उनिहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...