News Portal

धादिङको किन्ताङफेदीबाट हातहतियार सहित २ जना पक्राउ

हिमाली संचार संवाददाता
४७४ पटक
२०७७ जेठ ११आईतवार

धादिङ -उत्तरी धादिङको खनियाबास गाउँपालिकाको किन्ताङ फेदिबाट प्रहरीले हात हतियार सहित २ जनालाई पक्राउ गरेको छ । झ्याप्ले भन्ने २७ वर्षिय राजु तामाङ र ३३ वर्षिय हरिबहादुर तामाङ पक्राउ परेका हुन् ।

खुकुरी, चाकु लगायतका हातहतियार झोलामा बोकेर हिडिरहेको अवस्थामा फेला पारी उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । पक्राउ पर्ने राजु तामाङ खनियाबास १ झार्लङका स्थायी बासिन्दा हुन भने हरिबहादुर तामाङ झार्लाङबाट सल्यान्टारमा बसाई सरि आएको  प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो। हरिबहादुर तामाङ केही वर्ष अगाडी दार्खा चौकीको हिरासतबाट प्रहरीको हत्कडी सहित भागेको फरार अभियुक्त हुन् ।

यस्तै यि दुवै जना केही वर्ष अघि मुस्ताङबाट लुटेर फर्कने क्रममा जोमसोममा लूटेर ल्याईएका सामान र हात हत्तियार सहित पक्राउ परी ६ वर्ष कैद भुक्तान गरेर आएका हुन् ।  राजनितिक आडमा गुण्डागर्दी गर्दै आएका तामाङद्धोय गाउको विकास निर्माणका काम गर्ने समिती, ठेकेदार, गाडी, होटेल र पसलवालाहरुलाई धम्क्याउँदै पैसा असुल गर्ने गरेको नाम गोप्य राख्ने सर्तमा एक जना स्थानियले बताएका छन् । शनिबार पक्राउ परेका  उनिहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...