News Portal

गाउँगाउँमा आम्दानीको श्रोत बन्दै बाँस र निगालो !

हिमाली संचार संवाददाता
६७८ पटक

विमल विष्ट
डोटी : फुर्सदको समयमा मात्र बाँस निंगालोको घरेलु सामाग्री बनाउने काममा लाग्ने डोटीको सायल गाउँपालिका –१ का जुले भुल हिजो आज दिनहु जसो घरेलु सामाग्री बनाउने काममा लागि रहनुहुन्छ । बास निंगालाको सामाग्री निर्माण गर्ने सिपमा आएको बिकास र कामबाट राम्रो आम्दानी हुन थाले पछि उहाँ यस तर्फ व्यावसायीक रुपमा लाग्न थाल्नु भएको हो ।

जुले मात्र होईन यस क्षेत्रका बिपन्न समुदायका परम्परागत रुपमा बास निगालोको डोको डालो बनाउने काम गर्दै आउनु भएका धेरैले बास निगालोको सामाग्री निर्माण गर्ने तालिम पश्चात दैनिक राम्रो आम्दानी गर्न थालेका छन् । बिपन्न समुदायका ब्यक्तिहरुले घरायसी आम्दानीका लागि बांस निंगालो डोको डालोको काम गर्ने यस क्षेत्रका ब्यक्तिहरुलाई बाँस निगालोको डोको डालोका अतिरिक्त घरायसी उपयोगका अन्य सामाग्रीहरु कुर्सि, टेवुल, स्टुल लगायतका सामाग्रीहरु निर्माण हुन थाले पछि आम्दानी बढ्न थालेको हो ।

तालिम पश्चात थोरै समयमा राम्रोे आम्दानी हुन थाले पछि आफुले बास निगालोका सामाग्रीलाई प्राथमिकता दिएको डोटीको जोरायल गाउँपालिका ५ गड्सेराका रघुनाथ पार्कीले बताउनु भयो । उहाँले भन्नुभयो, “पहिले त दिन कटाउन पनि डोका डालो बुनिन्थ्यो, अहिले तालिम पाएपछि आफुले गरेको मेहनेतले आम्दानी हुन थालेकाले यसैमा लाग्ने गरेका छौँ ।

ग्रामिण पहुँच कार्यक्रमको आर्थिक तथा सामाजिक बिकास कार्यक्रम अन्तरगत उक्त क्षेत्रमा परम्परागत रुपमा वास निगालोको काम गर्दै आएका बिपन्न बर्गका ब्यक्तिहरुलाई आधुनिक तालिम दिए पश्चात आम्दानी बढ्नुका साथै व्यावसायीक रुपमा यसै पेशालाई अंगाल्नेको संख्या बढेको बताईएको छ ।

ग्रामिण पहुच कार्यक्रमको आर्थिक तथा सामाजिक बिकास कार्यक्रम सञ्चालन गर्दै आएको संस्था सामुदायिक बिकास मञ्च नेपाल डोटीका कार्यक्रम संयोजक तिर्थराज भट्टका अनुसार क्षमता अभिबृद्धिका साथै बजार बिस्तार तथा पहुँचका क्रियाकलाप आयोजना गर्न थाले पछि गाउमा उत्पादित बस्तुहरुको बजार सम्मको पहुँच बढेको छ ।

हाल आएर जिल्लाका धेरै जसो ग्रामिण क्षेत्रहरु समेत सडक सञ्जाल मार्फत जिल्लाका मुख्य बजार क्षेत्र सँग जोडिए पछि ग्रामिण क्षेत्रमा उत्पादित बस्तुहरुले समेत बजार पाउन थालेका छन् । थोरै उत्पादन काधमा बोकेर बजार सम्म पु¥याउनु पर्ने बाध्यता कम हुदै गए पछि ग्रामिण क्षेत्रमा व्यावसायीक रुपमा पेशा गर्नेहरुको संख्या समेत बढ्न थालेको केआईसिंह गाउँपालिका ५ का भगी पार्कीले बताउनुभयो ।

७ गाउँपालिका र २ नगरपालिका रहेको डोटीमा अधिकाँस गाउँपालिकाहरु सडक सञ्जाल संग जोडिएका छन् । परम्परागत रुपमा गर्दै आएका पेशा व्यावसायलाई आधुनिक सिपले आम्दानी र पेशा प्रति निर्भरता समेत बढेको छ ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...