News Portal

ढोरपाटन महिला डबल लिग भलिबलमा पुलिसको दोहोरो जित

हिमाली संचार संवाददाता
५६५ पटक

काठमाडौं : विभागीय टिम नेपाल पुलिस क्लबले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा दोहोरो जित निकालेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आइतबार भएको आफ्नो पहिलो खेलमा पुलिसले पश्चिमाञ्चललाई २४–२६, २५–१२, २५–२० र २५–१२ को सेटमा पराजित गरेको हो । त्यस्तै, आजै भएको अर्को खेलमा पुलिसले चितवन टाइगर्सलाई २५–१०, २५–१२ र २५–१८ को सोझो सेटमा पराजित गर्न सफल भयो ।

त्यस्तै, आजै भएको अर्को खेलमा एपीएफ क्लबले आर्मी क्लबलाई पराजित गरेको छ । एपीएफले आर्मीलाई २५–१९, २५–११ र २५–१८ को सेटमा पराजित गर्न सफल भयो । त्यस्तै, चितवनले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१५, २५–७ र २५–१२ को सेटमा पराजित गरेको छ ।

सोमबार प्रतियोगिताअन्तर्गत श्रीगाँउ र चितवन टाइगर्स, पश्चिमाञ्चल र आर्मी, एपीएफ र पुलिस तथा पश्चिमाञ्चल र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ ।

दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...