News Portal

  • ढोरपाटन महिला डबल लिग भलिबलमा पुलिसको दोहोरो जित

    हिमाली संचार संवाददाता
    ४९८ पटक

    काठमाडौं : विभागीय टिम नेपाल पुलिस क्लबले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा दोहोरो जित निकालेको छ ।

    नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आइतबार भएको आफ्नो पहिलो खेलमा पुलिसले पश्चिमाञ्चललाई २४–२६, २५–१२, २५–२० र २५–१२ को सेटमा पराजित गरेको हो । त्यस्तै, आजै भएको अर्को खेलमा पुलिसले चितवन टाइगर्सलाई २५–१०, २५–१२ र २५–१८ को सोझो सेटमा पराजित गर्न सफल भयो ।

    त्यस्तै, आजै भएको अर्को खेलमा एपीएफ क्लबले आर्मी क्लबलाई पराजित गरेको छ । एपीएफले आर्मीलाई २५–१९, २५–११ र २५–१८ को सेटमा पराजित गर्न सफल भयो । त्यस्तै, चितवनले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१५, २५–७ र २५–१२ को सेटमा पराजित गरेको छ ।

    सोमबार प्रतियोगिताअन्तर्गत श्रीगाँउ र चितवन टाइगर्स, पश्चिमाञ्चल र आर्मी, एपीएफ र पुलिस तथा पश्चिमाञ्चल र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ ।

    दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
    व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...