News Portal

मेस्सीविनाको बार्सिलोना सेभियासँग पराजित

हिमाली संचार संवाददाता
५६४ पटक

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । नियमित कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सी विनै कोपा डेल रे फुटबलको क्वारटफाइनलको पहिलो लेग खेल्न मैदानमा उत्रिएको बार्सिलोना सेभियासँग २-० गोलअन्तरले पराजित भएको हो ।

बार्सिलोना सेभियाको मैदानमा जित हात पार्नबाट चुकेको हो । बार्सिलोनामाथि महत्वपूर्ण जित निकाल्ने क्रममा सेभिएका पब्लो सराविया र विसाम बेन यडरले गोल गरे ।

बार्सिलोनाले पहिलो हाफसम्म भने बराबरी खेलेको थियो । तर दोस्रो हाफमा भने खराब प्रदर्शन गर्दै दुई गोल खान पुग्यो । खेलको ५८औं मिनेटमा सरावियाको गोलबाट सेभियाले अग्रता बनाएको थियो ।

खेलको ७६औं मिनेटमा यडरले गोल गर्दै सेभियालाई २-० गोलको जित दिलाएका हुन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...