News Portal

आर्मी सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

हिमाली संचार संवाददाता
५३९ पटक

काठमाडौं : विभागीय टिम आर्मी दशौं सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सिमरा रंगशालामा भएको खेलमा अर्का विभागीय टिम एपीएफलाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो ।

आर्मीको जितमा टंक बस्नेतले दुई गोल गर्दा दीपक गुरुङ र सुदिल राईले एक–एक गोल गरे । एपीएफका लागि राजन गुरुङ र आशिष लामाले गोल फर्काएका थिए । ३१ औ मिनेटमा राजनको गोलबाट एपीएफले अग्रता बनाएको थियो । तर ४३ औं मिनेटमा टंकले गोल गर्दै पहिलो हाफसम्म आर्मीलाई १–१ गोलको बराबरी दिलाएका थिए ।

खेलको ४७ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई २–१ गोलको अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा दीपकले गोल गर्दै आर्मीलाई २–२ गोलको बराबरी दिलाएका थिए ।

८६ औं मिनेटमा सुदिलले गोल गरेपछि आर्मी ३–२ गोलअन्तरले अघि रह्यो । खेलको अतिरिक्त समयमा टंकले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए । उनको गोलसँगै आर्मीले एपीएफमाथि ४–२ गोलको जित निकाल्यो । प्रतियोगिताको विजेताले ट्रफिसहित ६ लाख पाउनेछ । त्यस्तै, उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...