News Portal

  • आर्मी सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

    हिमाली संचार संवाददाता
    ४५५ पटक

    काठमाडौं : विभागीय टिम आर्मी दशौं सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सिमरा रंगशालामा भएको खेलमा अर्का विभागीय टिम एपीएफलाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो ।

    आर्मीको जितमा टंक बस्नेतले दुई गोल गर्दा दीपक गुरुङ र सुदिल राईले एक–एक गोल गरे । एपीएफका लागि राजन गुरुङ र आशिष लामाले गोल फर्काएका थिए । ३१ औ मिनेटमा राजनको गोलबाट एपीएफले अग्रता बनाएको थियो । तर ४३ औं मिनेटमा टंकले गोल गर्दै पहिलो हाफसम्म आर्मीलाई १–१ गोलको बराबरी दिलाएका थिए ।

    खेलको ४७ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई २–१ गोलको अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा दीपकले गोल गर्दै आर्मीलाई २–२ गोलको बराबरी दिलाएका थिए ।

    ८६ औं मिनेटमा सुदिलले गोल गरेपछि आर्मी ३–२ गोलअन्तरले अघि रह्यो । खेलको अतिरिक्त समयमा टंकले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए । उनको गोलसँगै आर्मीले एपीएफमाथि ४–२ गोलको जित निकाल्यो । प्रतियोगिताको विजेताले ट्रफिसहित ६ लाख पाउनेछ । त्यस्तै, उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...