News Portal

स्थानीय निकायको खेलप्रति सहयोग नभएकोमा भलिवल खेलाडिहरुको गुनासो

हिमाली संचार संवाददाता
६०१ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको पश्चिम क्षेत्रका खेलाडिहरुले आफुहरुलाई स्थानीय निकायबाट हुने कुनै सहयोग नभएको गुनासो गरेका छन् । बनगाड कुपिण्डे नगरपालिकाको वडा ११ का उत्कृष्ट भलिवल खेलाडि रञ्जीत वि.क.ले आफुहरुलाई स्थानीय तहबाट कुनै सहयोग नभएको वताए ।

गत आर्थिक वार्षिकको वजेटमा सिधै वडालाई ५० हजार रुपैया खेलकुदको लागि विनीयोजन भयो तर त्यो पैसा सिमित व्यक्तिहरुले मात्रै खर्चेको उनको दुखेसो छ ।

बाँके, रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र कालीकोट, जुम्ला, सुदुरपश्चि लगायतका क्षेत्र तथा जिल्लामा पुगेर उनिहरुले उत्कृष्ट खेल खेलेर, जिल्ला र नगरपालीका, गाउँपालिका मेडल, प्रमाण पत्र, ट्रपि जिती सकेका छन् । अन्य जिल्लामा आफुहरुलाई आर्थिक, पोषाक र खेल सामग्री लगाएतको ठुलो सहयोग भए पनि नगरबाट कुनै वास्ता नगरेको उनिहरुको दुखेसो छ ।

आफ्नो नगरपालिकाबाट ठुलो सहयोग र आस गरेका थियौं तर आफुहरुको खेल प्रति नगरका जनप्रतिनीधी नै वेखबर भएको महशु गरेको उनिहरुको दुखेसो छ । अन्य जिल्लाका जिल्ला प्रमुख,स्थानीय तहका प्रमुखबाट पाएको माया, सहयोग, सद्भाव पाएको तर आफ्नै नगरबाट कुनै वास्ता नहुदाँ सधै मन खिन्न हुनु परेको खेलाडि उमेश वि.क.ले वताए ।

हामीहरुले अन्य जिल्लामा पुगेर राम्रो खेल पर्दशन गरि प्रथम स्थान हुदाँ र जिल्ला तथा नगरको इज्जत उच्चो वनाउने खेल खेल्दा समेत कसैलाई केहि थाहा नपाए जस्तो गर्नुले निक्कै दुखी हुने गरेको भलिवल खेलाडि रञ्जितको गुनासो छ । खेल प्रति नगरको कुनै चासो नहुनु,कुनै सहयोग प्राप्त नहुनु भनेको दुखद पक्ष हो ।

यो आर्थिक वर्षमा पनि मेयर कप प्रतियोगिताको लागि नगरले वजेट विनीयोजन गरेको छ भन्न सुनेका छौं । तर गत वर्षको जस्तै नभएर अलि व्यवस्थतीत तथा पादर्शि ढंगबाट खेल होस भन्ने उनिहरुको कामना छ । यो नगरपालिकामा भलिवलका लागि राम्रा खेलाडि छन् । उनिहरुले अन्य क्षेत्रमा पुगेर राम्रो खेल पदर्शन गरेर सधै उत्कृष्ट स्थान प्राप्त गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...