News Portal

महिला भलिबलमा नेपाल पुलिस र प्रदेश नम्बर ३ समूह विजेता बन्दै क्वाटरफाइनलमा

हिमाली संचार संवाददाता
४८० पटक

पोखरा : विभागीय टोली नेपाल पुलिस र प्रदेश नम्बर ३ दोस्रो सभामुख कप राष्ट्रिय भलिबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। दुई टोली मात्र रहेको दुई फरक समूहमा जित हात पार्दै यी दुई टोलीले अन्तिम आठमा स्थान बनाएका हुन्। यस्तै अर्को विभागीय क्लब एपीएफले पनि विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आजबाट सुरु प्रतियोगिताको समूह समूह डी अन्तर्गत पुलिसले गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गरेको हो। पुलिसले गण्डकीलाई २५-१९, २५-२०, २५-२७ ले पराजित गरेको हो। पराजित गण्डकी प्रदेश पनि समूह उपविजेता हुँदै अन्तिम आठमा पुगेको छ।

यस्तै समूह सी अन्तर्गत खेलमा प्रदेश नम्बर ३ ले विभागीय टोली नेपाल आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। प्रदेश ३ ले आर्मीलाई २५-१०, १२-१५, २५-२०, २५-१४ ले पराजित गरेको हो।

हारका बावजुत पनि आर्मी समूहको उपविजेता बन्दै अन्तिम आठमा पुगेको छ। मंगलवारै भएको समूह ए को खेलमा एपीएफले प्रदेश नम्बर १ लाई २५-३, २५-८, २५-३ को सेटमा हरायो। यस्तै समूह बी को खेलमा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर २ लाई २५-१०, २५-१४, २५-८ ले पराजित गरेको छ।

माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ। चार समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा प्रत्येक समूहबाट दुई टोली क्वाटरफाइनल पुग्नेछन्।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै दोस्रोले १ लाख ७० हजार, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैयाँ हात पार्नेछन्। यसैगरी उत्कृष्ट खेलाडीले नगद १० हजार विधागत उत्कृष्टले ५-५ हजार पाउनेछन्।

तस्वीर : पहिलोपोस्ट

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...