News Portal

बुद्ध एयरले एयर इन्डियासँग प्रतिस्पर्धा गर्ने, वैशाखदेखि काठमाडौं-कोलकाता सीधा उडान गर्दै

हिमाली संचार संवाददाता
७७६ पटक

सुरज कुँवर
काठमाडौँ : भारत सरकारको स्वामित्वको एयर इण्डियासँग प्रतिस्पर्धा गर्न आन्तरिक उडानमा वर्चस्व जमाउँदै आएको निजी क्षेत्रको बुद्ध एयरले आगामी बैशाखदेखि काठमाडौं–कोलकाता–काठमाडौं सीधा उडान गर्ने भएको छ ।

भारतभित्र ६९ वटा गन्तव्यसहित ३७ वटा मुलुकमा सीधा उडान भर्दै आएको एयर इण्डियासँग काठमाडौं–कोलकाता–काठमाडौं रुटमा बुद्धले प्रतिस्पर्धा गर्न लागेको हो । बुद्धले दुइटा साना (बिचक्राफ्ट) तथा नौवटा मझौला (एटीआर) विमानबाट नेपालका १४ वटा आन्तरिक रुटसहित भारतको बनारससमेत १५ वटा गन्तव्यमा उडान भर्दै आएको छ ।

‘सबैभन्दा धेरै घुम्न रुचाउने जातिमध्येमा बंगाली पर्छन्,’ बुद्धका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कान्तिपुरसँग भने, ‘बंगाल क्षेत्रका भारतीयलाई नेपालका गन्तव्यमा जोड्ने उद्देश्य हो ।’ गत वर्ष २ करोड ४० लाख भारतीयहरु घुम्न मुलुकबाहिर निस्किने गरेको तथ्यांक उल्लेख गर्दै प्रबन्ध निर्देशक बस्नेतले तीमध्येबाट केही प्रतिशतलाई नेपालको पर्यटन बजारमा ल्याउन खोजेको बताए ।

‘भारतीय पर्यटन बजारमा हिमाल भनेर स्वीजरल्यान्ड र इटाली चिनाइन्छ तर हामी भारतीय बजारमा नेपाल हिमालको गेट–वे हो भनेर चिनाउन खोज्दै छौं,’ उनले भने । पश्चिम बंगालको राजधानी अनि भारतको दोस्रो ठूलो महानगर कोलकताका स्थानीयहरु प्राय: बैंकक, इन्डोनेसिया र मलेसिया भम्रण गर्न रुचाउँछन् ।

‘भारतको बनारसमा नेपाल भनेर चिनायौं अबको यात्रा पश्चिम भारतको ठूलो महानगर आट्दै छौं,’ प्रबन्ध निर्देशक बस्नेतले भने, ‘यो रुटमा वर्षको १० करोड रुपैयाँ हाराहारी घाटा ब्यहोर्न तयार छौं ।’ उनले नेपालको प्रचारप्रसार गर्न पहिलो चरणमा डेढ करोड रुपैयाँसम्म ‘मार्केटिङ क्याम्पेन’ मा खर्च गर्ने तयारी रहेको बताए ।

पर्यटकीयसहित व्यापारिक ट्राफिक हब भएको यो रुटमा यसअघि नेपाल वायुसेवा निगमले पहिलोपटक बोइङ र दोस्रोपटक निजी क्षेत्रको कस्मीकले फोकर विमानबाट सेवा थालेको थियो । तर, जहाज अभावमा निगम र टिक्न नसकेर कस्मीकले यो रुटबाट हात झिकेका थिए ।

‘आन्तरिक रुटमा हामी परिपक्क भयौं, अन्तर्राष्ट्रिय उडानमा जानु हाम्रो धर्म हो,’ दैनिक ९७ हाराहारी उडान गर्ने बुद्धका यी सञ्चालकले भने, ‘हामी देशको अर्थतन्त्रलाई पर्यटनको दृष्टिकोणबाट पुनर्परिभाषित गर्न खोज्दै छौं ।’ कोलकाता उडान सुरु गरेपछि बुद्धको यो बनारस पछिको दोस्रो सहर हुने छ ।

बुद्धले कलकत्तामा सफल भएपछि जेट विमान थप्ने भनेको छ । ‘पहिलो एक वर्ष एटीआरबाट उडान गर्छौ,’ बस्नेतले भने, ‘यदि सफल भयौं भने डेढसय सिटसम्मको दुईटा जेट विमानबाट हाम्रो यात्रा भारतका अन्य सहरमा पनि हुने छ ।’

एयरबस ल्याउने वा बोइङ ल्याउने भन्ने विषयमा यस कम्पनीले निर्णय लिइसकेको छैन । तर, एयरबस ल्याउनु पर्ने अवस्था आइपरे त्यस्को ए३१९ भेरियन्ट वा बोइङ उडाउनु परेमा बोइङ ७३७ म्याक्स उडाउने यस्ले निर्क्योल गरिसकेको छ । उनका अनुसार, जेट विमान आयत भएसँगै अन्तर्राष्ट्रिय उडानको जिम्मा बुद्धले पब्लिक लिमिटेड कम्पनी स्थापना गरी विस्तार गर्ने छ । २०७८ भदौदेखि बुद्धले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्ने भनेको छ ।

२०१७ को दाजोमा ०१८ मा ७ प्रतिशतले यात्रु संख्या वृद्धि गर्दै १४ लाख यात्रुलाई सेवा दिएको बुद्धले सातामा तीनवटा उडान गर्ने तालिका बनाएको छ । यसले ७२ यात्रु क्षमता भएको एटीआर विमानबाट उडान थाल्ने भनेको छ । अहिले एयर इन्डियाले एयरबस ३२० बाट कोलकता काठमाडौं उडान गर्दै आएको छ ।

‘एयर इण्डियाले दुइतर्फी २८ हजार हाराहारीमा टिकट बिक्री गरिरहेको छ हामी १८ हजार हाराहारीमा टिकट बिक्री गर्ने छौं,’ बुद्ध एयरका एक अधिकारीले भने । हाल बुद्धसँग नौं वटा फ्रान्स/इटालीयन जहाज एटीर र दुईटा अमेरिकन विचक्राफ्ट विमान छन् । १४ वटा विमानको अनुमति पाइसकेको बुद्धले फागुनभित्र दुइटा एटीआर थप्दै छ ।

नेपालमा सन् २०१८ मा नेपाल आएका ११ लाख ७३ हजार पर्यटकमध्ये २ लाख विमान चढेर आउने भारतीय मात्रै थिए । यो सन् २०१७ को दाजोमा २५ प्रतिशत वृद्धि थियो । सीमा क्षेत्रबाट प्रवेश गर्ने भारतीयहरुको तथ्यांक सरकारले राख्ने गरेको छैन ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...