News Portal

१३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

२६७ पटक

रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल सरकारले पाँच बिघा जग्गा खरिद गरी २०७८ साउन २७ गतेदेखि निर्माण कार्य सुरु गरेको थियो।

आयोजनाका प्रमुख दर्शन यादवका अनुसार सब–स्टेशन निर्माणका लागि एनर्जीप्याक इन्जिनियरिङ–एसआर एसोसिएट्स इन्फ्रास्ट्रक्चर जेभीलाई ठेक्का दिइएको हो। ठेक्का कम्पनीलाई २०८० कार्तिक २५ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि ढिलाइ भएपछि म्याद थप गरी २०८१ कार्तिक २५ गतेसम्म तोकिएको छ।

९० करोड रुपैयाँ लागतमा एसियाली विकास बैंक, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको यस आयोजनाको हाल ९० प्रतिशत काम पूरा भइसकेको यादवले बताए। बाँकी कार्य आगामी चार महिनाभित्र सक्ने योजना रहेको उनले जानकारी दिए।

सब–स्टेशनमा पोल विस्तारको काम सम्पन्न भइसकेको छ भने अहिले वायरीङ र ट्रान्सफर्मर जडान कार्य तीव्र गतिमा भइरहेको छ। निर्माण पूरा भएपछि रंगेली वितरण केन्द्रअन्तर्गत रंगेली, सुनवर्सी, धनपालथान, कानेपोखरी, रतुवामाई, जहदा, रमाइलो, बिराटचोक र बेलवारीका सेवाग्राही लाभान्वित हुनेछन्।

यादवका अनुसार अहिले बिराटनगरबाट पूर्वतर्फ आउने लाइनमा १७० भोल्टेज मात्रै पाइँदै आएको छ, तर केरौन सब–स्टेशन सञ्चालनमा आएपछि २२० भोल्टेजको स्थिर आपूर्ति उपलब्ध हुनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...