News Portal

  • १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    ४२ पटक

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल सरकारले पाँच बिघा जग्गा खरिद गरी २०७८ साउन २७ गतेदेखि निर्माण कार्य सुरु गरेको थियो।

    आयोजनाका प्रमुख दर्शन यादवका अनुसार सब–स्टेशन निर्माणका लागि एनर्जीप्याक इन्जिनियरिङ–एसआर एसोसिएट्स इन्फ्रास्ट्रक्चर जेभीलाई ठेक्का दिइएको हो। ठेक्का कम्पनीलाई २०८० कार्तिक २५ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि ढिलाइ भएपछि म्याद थप गरी २०८१ कार्तिक २५ गतेसम्म तोकिएको छ।

    ९० करोड रुपैयाँ लागतमा एसियाली विकास बैंक, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको यस आयोजनाको हाल ९० प्रतिशत काम पूरा भइसकेको यादवले बताए। बाँकी कार्य आगामी चार महिनाभित्र सक्ने योजना रहेको उनले जानकारी दिए।

    सब–स्टेशनमा पोल विस्तारको काम सम्पन्न भइसकेको छ भने अहिले वायरीङ र ट्रान्सफर्मर जडान कार्य तीव्र गतिमा भइरहेको छ। निर्माण पूरा भएपछि रंगेली वितरण केन्द्रअन्तर्गत रंगेली, सुनवर्सी, धनपालथान, कानेपोखरी, रतुवामाई, जहदा, रमाइलो, बिराटचोक र बेलवारीका सेवाग्राही लाभान्वित हुनेछन्।

    यादवका अनुसार अहिले बिराटनगरबाट पूर्वतर्फ आउने लाइनमा १७० भोल्टेज मात्रै पाइँदै आएको छ, तर केरौन सब–स्टेशन सञ्चालनमा आएपछि २२० भोल्टेजको स्थिर आपूर्ति उपलब्ध हुनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...