
काठमाडौं, कार्तिक २६ – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि अब पार्टीलाई बलियो र संगठित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
हस्ताक्षर कार्यक्रमपछि रावलले भने, “पहिले केही नेताहरू स्वार्थको कारण पार्टीबाट छुटेका थिए। आज फर्केर हामी नेपाली कम्युनिस्ट पार्टीमा छौँ र त्यो बिछोडको घाउमा मलहम परेको जस्तो महसुस भइरहेको छ।”
उनले पार्टी एकताको महत्व र भविष्यमा राष्ट्रिय शक्ति निर्माणमा योगदान दिने तयारीको पनि चर्चा गरे।