News Portal

नौ हजार ५ सय भन्दा बढी विद्यार्थी दीक्षित (फोटो फिचर)

हिमाली संचार संवाददाता
११९९ पटक

सुदीप कैनी
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले सोमबार ९ हजार ५ सय ५ जना विद्यार्थीलाई दीक्षित गरेको छ । राजधानीको पुल्चोक क्याम्पसमा आयोजित त्रिविको ४४ औं दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एफफील र विद्यावारिधि तह उत्तीर्ण गर्ने विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षित हुन पाउने ७४ हजार २ सय ८४ जनामध्ये ९ हजार ५ सय ५ जना विद्यार्थीले मात्र अनलाइनमार्फत आवेदन दिएका थिए ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयले दीक्षित हुन चाहने विद्यार्थीहरुका लागि पहिलो पटक अनलाइनबाट आवेदन दिनसक्ने प्रबन्ध गरेको थियो ।

२०७४ जेठ १८ देखि २०७५ जेठ ३१ सम्म त्रिविका अध्ययन संस्थान र संकायअन्तर्गतका क्याम्पसहरुबाट विभिन्न तहमा उपाधि हासिल गर्ने विद्यार्थीलाई दीक्षान्त पदक र पुरस्कार प्रदान गरिएको उपकुलपति तीर्थराज खनियाँले जानकारी दिए ।

स्नातकोत्तर तहमा २०७२ को तीनवटा पदक रामपुर क्याम्पसकी सुलोचना श्रेष्ठले प्राप्त गरिन् । उनी ९०.८८ प्रतिशत अंक ल्याएर स्नातकोत्तर तहमा सर्वप्रथम भएकी थिइन् । उनले चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक पाएकी हुन् ।

त्यस्तै एमफीलतर्फ जनप्रशासन केन्द्रीय विभागका विद्यार्थी नेत्रप्रसाद सुवेदीले दीक्षान्त पदक प्राप्त गरे । स्नातकोत्तरतर्फ अल्का श्री श्रेष्ठले एमबीए तहमा सर्वोत्कृष्ट अंक ल्याएर पदक पाइन् । स्नातक तहमा स्वेच्छा जोशी, राजेश पनेरुले सर्वप्रथम भएर पदक पाए । त्रिविले अन्य संकाय र विषयमा पनि उत्कृष्ट हुने विद्यार्थीलाई पदक र पुरस्कार वितरण गरेको थियो ।

त्रिविकै इतिहासमा पहिलो पटक गाउन र टोपी लगाएर विद्यार्थीहरु दीक्षित भएका हुन् । यसअघि स्नातक र स्नातकोत्तर गरेका विद्यार्थीलाई गाउन मात्र दिइन्थ्यो । पीएचडी उपाधि पाएका विद्यार्थीलाई मात्र गाउन र टोपी पाउथें । यसपटक दीक्षित हुने सबै विद्यार्थीले प्रमाणपत्रको साथमा कभर र फोल्डरसमेत पाएका छन् । यसअघि प्रमाणपत्र मात्र पाउथें ।

दीक्षान्त समारोहमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी लामा प्रमुख अतिथि थिए । उनले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न अध्ययन र ज्ञानको क्रान्ति सुरु गर्न जरुरी रहेको बताए । ‘कक्षा कोठाको ज्ञानले मात्र पुग्दैन,’ उनले भने, ‘अबको पिढीले पढ्नै पर्छ, प्रत्येक घरघरमा एकएक ठेली पुस्तक राख्नुपर्छ ।’ ज्ञानको खेती गर्न आवश्यक रहेको उनले जोड दिए ।

कुलपति एवं प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको दोहोर्‍याए । उनले दीक्षित विद्यार्थीलाई देश र समाजका लागि योगदान गर्न आह्वान गरे ।

सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उच्च शिक्षामा सुधारको खाँचो रहेको जनाए । त्रिविले ५ वटा अध्ययन संस्थान, ४ वटा संकाय र ४ वटा अनुसन्धान केन्द्रमार्फत शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । ६० वटा आंगिक र एक हजार ८५ सम्बन्धन पाएका कलेजमा पठनपाठन हुन्छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...