News Portal

युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

३४५ पटक

काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने सरकारले गरेको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।

युवा संघले जारी गरेको विज्ञप्तिमा भनेको छ कि यो निर्णय पूर्ण रूपमा राजनीतिक प्रतिशोधमा आधारित छ। संघका अनुसार, २०८२ सालको जाँचबुझ आयोगले कुनै प्रमाण वा आधार प्रस्तुत नगरी प्रारम्भिक चरणमै ओलीमाथि शंका गर्दै राहदानी रोक्नु अनुचित र आपत्तिजनक कदम हो।

संघले यस निर्णयलाई पूर्वप्रधानमन्त्रीको सम्पूर्ण जीवन देश र जनताको हितमा समर्पित भएको तथ्यको अवहेलना गर्दै गरिएको अराजनीतिक कार्यको रूपमा लिएको जनाएको छ। यसैगरी, एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने तयारी भइरहेको भन्दै संघले सरकारलाई तत्काल आफ्नो कदम सच्याउन चेतावनी दिएको छ।

युवा संघले गृह मन्त्रालयको भाद्र २४ गतेको विध्वंसकारी गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियमित कानुनी कारबाही नगर्ने निर्णयप्रति पनि कडा आलोचना गरेको छ। संघले यसलाई कानुनी राज्यको उपहास भएको बताउँदै, शान्तिपूर्ण, निष्पक्ष र भरपर्दो आम चुनाव गराउने सरकारको जिम्मेवारी स्मरण गराएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...