News Portal

मोरङको रङ्गेली प्रहरीद्वारा १५ सय केजी गाँजा सहित एक युवा पक्राउ (फोटो फिचर)

रबिन्द्र बराल, मोरङ
८४५ पटक

असार-१४, बिहीबार/मोरङ – मोरङको रंगेली इलाका प्रहरी कार्यालय रंगेलीले अहिलेसम्मकै ठूलो परिणाममा गाँजा सहित एक जना युवालाई पक्राउ गरेको छ।  

धनपालथान गाँउपालिका वडा नम्बर-७ स्थित कमलपुर टोल बस्ने ३० बर्षीय  राजकुमार सिंहले आफ्नो घरमा लुकाई राखेको अवस्थामा प्रहरीको गोप्य  सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली तथा मातहतका प्रहरी चौकी गडेरिया, कर्सिया, पोखरिया, अमाही तथा मायागञ्जबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा निजको करेसा बारीमा भएको बाँसको टाटीले बारेको टिनको छानो मुनि गहुँको भुस राख्ने भुसगोठ भित्र खाँदको बोरामा अवैध गाँजा लागूऔषध ४९ बोरा गाँजा प्रहरीले बरामत गरेको हो। 

प्रहरीका अनुसार उक्त गाँजा १५ सय ४८ केजी बरामद गरिएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निर्देशक सन्तोष खड्काले जानकारी दिएका छन्। निजलाई थप अनुसन्धान गरी मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।
तस्वीरः रबिन्द्र बराल, मोरङ

 

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...