News Portal

कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

२५१ पटक

कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया बालिकाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।

दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से १ ज ४१७ नम्बरको जिप सडकबाट दुर्घटनाग्रस्त हुँदा बेदकोट–४ निवासी युविका पालको मृत्यु भएको हो। घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी बालिकाको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता डिएसपी टेकबहादुर जोराले जानकारी दिए।

दुर्घटनामा मृतक युविकाकी आमा ३० वर्षीया तारा पाल, दाजु १० वर्षीय प्रिन्स पालसहित आठ जना घाइते भएका छन्। तीमध्ये डडेल्धुराको पर्शुराम–११ की २१ वर्षीया मनिषा कुँवर, कञ्चनपुरको कृष्णपुर–१ की ३३ वर्षीया धाना बोहरा र उनका ४ वर्षीय छोरा कमलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यस्तै, पर्शुरामका ३५ वर्षीय देवेन्द्र धामी, बेदकोटका २४ वर्षीय बिरेन्द्र कुँवर र बेलकोटका ४ का नरेश सार्की पनि घाइते भएका छन्। सबै घाइतेलाई महाकाली प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...