News Portal

डीपी बिलिभर्स स्कुलमा प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सम्बन्धि सेमिनार सम्पन्न

विकास चाम्लिङ राई, धरान
१०४५ पटक

असार-२, आइतबार/धरान – धरान ५ देउराली  स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा एक दिने प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सम्बन्धि जनचेतना  सेमिनार सम्पन्न भएको छ ।

स्कुलका प्राचार्य संजीप बान्तवाको अध्यक्षतामा भएको सेमिनारमा कक्षा-७ देखि १० सम्मका विद्यार्थी र शिक्षकहरुले सहभागिता जनाएको थियो। सेमीनारमा सहजकर्ताको रुपमा रहेका बिराट हेल्थ इंडस्ट्रीका स्वास्थ्य सहायकहरू: रानी कार्की,  स्वेता मल्लिक, स्नेह गुवजु र सुनिता पेश्कर्मले विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छताबारेमा जानकारी र अन्तरक्रिया गराएका थिए । 

उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा स्कुलका प्राचार्य संजीप बान्तवाले प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सामान्य र प्राकृतिक प्रक्रिया भएकोले यस सम्बन्धि समस्याहरुको बारेमा जानकारी दिन उक्त सेमिनारको आजोजना गरेको बताए । 

सेमिनारको दोस्रो सत्रमा सहभागी विद्यार्थी र शिक्षकहरुमा मनोरन्जनात्मक खेलमाको अयोजना गरि विजेता तथा उपविजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । स्कुलका सह-प्राचार्य कुर्मित लेप्चाले सेमिनारका बक्ताहरुलाई धन्यवाद साथै मायाको चिनो प्रदान गरेका थिए ।

तस्वीर: विकास चाम्लिङ राई, धरान

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...