News Portal

धरानका महिला बास्केटबल खेलाडीहरुलाई सफलताको शुभकामना सहित संधले विदाई गऱ्यो (फोटो फिचर)

हिमालीसंचार संवाददाता
१४७० पटक

बिकास चाम्लिङ राई/धरान – धरानदेखि आगामी जेष्ठ १९ गतेदेखि काठमाडौमा हुन लागेको मदन भण्डारी ओपन बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धाका लागि जान लागेका धरान महिला बास्केटबल टिमलाई बुधबार बिदाई गरिएको छ ।

धरान महिला टिमलाई धरान रंगशाला बास्केटबल कोर्टमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिले खेलाडीहरुलाई जर्सी हस्तान्तरण गर्दै बिदाई गरेका हुन् । धरानदेखि खेलाडीहरु बिहिबार बिहान काठमाडौ प्रस्थान गर्नेछ। 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको महिला-पुरुष ओपन बास्केटबल प्रतियोगितामा धरानबाट महिला टिमले सहभागिता जनाउन लागेका हुन । धरानबाट  राष्ट्रिय खेलाडी डा. आशा राईको कप्तानिमा तनु राई, आस्था राई, एल्भिना गुरुङ, इक्सा लिम्बू रन्जिता, रेनुका लिम्बू, निवा लिम्बू, नुमा लिम्बू, महिमा कटुवाल र दिया कोयी राई रहेको छ भने प्रशिक्षकमा विकास चाम्लिङ राई र सहायक प्रशिक्षकमा युगल लिम्बू रहेका छन् ।

महिलातर्फ ६ वटा टिम रहेको मध्ये काठमाडौ बाहिरबाट धरान महिला टिमले मात्र सहभागीता जनाएको छ। राउन्डरोबिन आधारमा हुने प्रतियोगितामा धरानले ५ खेल खेल्ने कार्यतालिका रहेको छ । बिदाई कार्यक्रममा सुनसरी बास्केटबल संघका अध्यक्ष सुबेदिले खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए । हार जित जे परिणाम आए पनि अनुशासित भएर आफुले सक्दो उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीहरुलाई सुबेदिले आग्रह गरे ।

धरान महिला टिममा बास्केटबल ट्यालेन्ट हन्टका बिद्यार्थीको सहभागिता: धरान महिला टिममा पर्न सफल भएकी दिया कोयी भर्खरै मात्र एसईई दिएर बसेकी उदयीमान खेलाडी हुन । उनी एसईई रिजल्टको प्रतिक्षामा छिन् । उनी केही दिन अघि मात्र धरान बास्केटबल संघद्वारा आयोजित ट्यालेन्ट हन्ट ट्रेनिङ क्याम्पमा सहभागी विद्यार्थी खेलाडी हुन । 

संघले खेलाडी प्रोत्साहन गर्नका लागि ट्यालेन्ट हन्टका उत्कृष्ट एवं सम्भावित खेलाडीलाई अनुभवका लागि अवसर प्रदान गर्न धरान महिला टिममा स्थान दिइएको प्रशिक्षक बिकास चाम्लिङ राईले हिमालीसंचारडटकमसंग बताए । प्रतियोगितामा धरानले ५ खेल खेल्ने कार्यतालिका रहेको पनी मुख्य प्रशिक्षक राईले बताए । प्रशिक्षक राईका अनुसार उनले पनि खेल्ने आवसर पाउनेछ । जसको कारण उनले आफुलाई थप निखार्न अनुभव मिल्नेछ।  

उदयीमान खेलाडी कोयीलाई ट्यालेन्ट हन्टमा महिला तर्फबाट सम्भावित उत्कृष्ट खेलाडिको रुपमा हेरिएको प्रशिक्षक राईले बताए । ट्यालेन्ट हन्टका अन्य सम्भावित विद्यार्थी खेलाडिहरुलाई बास्केटबल संघले विभिन्न कलेजहरुमा छात्रवृत्तिका लागि सिफारिस गर्ने समेत जानकारी दिए। 

तस्वीरः विकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...