News Portal

धरान मेघा हिमालयनका विधार्थीहरु मौलिक भेषभूषामा साकेला शीली सिक्दैं

विकास चाम्लिङ राई
१०२५ पटक

धरान – धरान मेघा हिमालयन स्कुल/कलेजले आजदेखि हरेक महिनाको अन्तिम शुक्रबार सास्कृतिक कार्यक्रमको आयोजना तथा बिद्यार्थीहरुमा जातिय पोशाक पहिरनमा बिधालय आउनु पर्ने अनिवार्य गरेको छ।

सोही अनुसार धरान मेघा हिमालयनले शुक्रबार बिद्यार्थीहरुलाई प्रकृति पुजक किराताहरुको सस्कृति अनुरुप साकेला शीली नाच प्रदर्शन गरेका छन्। बिधालयका बिद्यार्थीहरुलाई औपाचारिक शिक्षा संगै व्यवहारीक ज्ञान दिनका लागि बिधालयले महिनाको अन्तिम शुक्रवार सास्कृतिक कार्यक्रमको सुरुवात गरेका हुन।

हरेक महिनाको अन्तिम शुक्रवार विभिन्न जाती तथा समुदायको सास्कृतिक प्रदर्शन गर्ने एवं बिद्यार्थीले जातिय तथा सास्कृति झल्कने पोशाक लगाउन अनिवार्य गरिएको धरान मेघा हिमालयनका अध्यक्ष कैलाश लिम्बूले जानकारी गराए।

नेपाल बहुजाति, बहुसंस्कृतिकको साझा फुलबारी हो। तसर्थ सबै जातजतिको संस्कृति, पोशाक र चार्डपर्वलाई सिक्ने, सिकाउने व्यवहारीक ज्ञान साना बालबालिकाबाट नै उनीहरुलाई सिकाउदा एक आर्काको संस्कार संस्कृति प्रति सम्मान, माया र समाजिक सदभाव बढ्ने हुदा यसखालको कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष लिम्बुले बताए।

विद्यालयमा आजदेखि शूरु भएको विभिन्न जातिय पोशाकहरुमा राई, लिम्बु, नेवार, मुस्लिम, तामाङ र मगरलगायतका पहिरनहरुमा बिधालयका विद्यार्थी भाइबहिनिहरुको उपस्थिति रहेको थियो।

धरान १२ न. वडामा रहेको धरान मेघा हिमालयन बोर्डिङ स्कुलको प्राङगणमा किरात राई यायोक्खा खेलकुद संघ, सुनसरीको समन्वयमा साकेला शिली प्रदर्शनी तथा विद्यार्थीहरुलाई सिकाउने कार्यक्रम सम्पन्न भएको थियो।

औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा किरात राई यायोक्खा जिल्ला समितीका अध्यक्ष राजेन्द्र राई रहेको थियो । राई जातिले मनाउने साकेला शिलीको बारेमा किरात राई यायोक्खा जिल्ला समितीका अध्यक्ष राजेन्द्र राईले विद्यार्थीहरुलाई बताए। बैशाकी पुर्णिमादेखि शुरु भएको उभौली १५ दिनसम्म विभन्न वडाहरुमा साकेला शिली प्रदर्शनी गरेर मनाउने गरको र औशीको दिन साकेला शिली औपचारिक रुपमा संस्थाले समापन गरिसकेको बताए।

तर, वडाहरुमा समापन गर्न बाकी भएकाले जेष्ठ महिनासम्म ढोल झयाम्टा बजाउन मिल्ने भएकोले आज विद्यालयमा सिकाउदै गरेको बताए। “विद्यालयदेखि नै एक आर्काको संस्कार र सस्कृतिको बारेमा बुझाउन सके सबैको संस्कार संस्कृतिको जग्रेर्ना र सम्मान हुने” अध्यक्ष राईले बताए।

साथै किरात राई यायोक्खा र धरान मेघा हिमालयन बिचको सम्बन्ध राम्रो भएको र विपन्न जेहन्दार राई विद्यार्थीहरुका लागि विद्यालयले छात्रावृद्धि सहयोग दिदै आएकोमा अध्यक्ष राईले कलेज परिवारलाई धन्यवाद दिए।

साकेला शिली प्रदर्शन र विद्यार्थीहरुलाई सिकाउने उद्धेश्यले किरात राई यायोक्खाको जिल्ला सदस्य तथा किराया खेलकुद संघका संयोजक विकास चाम्लिङ राईले समन्वयकारी भुमिका खेलेका थिए।

धरान मेघाले आयोजना गरेको राई जातिहरुको साकेला शिली प्रदर्शनी कार्यक्रम ज्यादै उदाहरणिय रहेको र किरातीहरु प्रकृति पुजक र कृषिमा निर्भर भएकोले अन्नबाली लगाउनु अघि पितृ र प्रकृतिलाई सम्झिदै पुजा अर्चना गर्ने गरेको बताए किरात राई खेलकुद संघ, सुनसरी अध्यक्ष राइले बताए।

तस्वीर: विकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...