News Portal

प्रदेश कपको लागि सुर्खेतको टिम घोषणा

हिमाली संचार संवाददाता
७४६ पटक

सुर्खेत : रुकुमपश्चिमको चौरजहारीमा हुने टी–२० क्रिकेट प्रतियोगिताको लागि सुर्खेतबाट १५ सदस्यीय टिम छनौट गरिएको छ । पुष १० देखि १७ गते देखि सञ्चालन हुने प्रदेश कप टी–२० प्रतियोगिताको लागि उक्त टिम घोषणा गरिएको सुर्खेत जिल्ला क्रिकेट संघ, सुर्खेतका अध्यक्ष श्रीधर केसीले जानकारी दिए । रुकुम जिल्ला क्रिकेट संघको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुनेछ ।

यू–१९ बाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका रबिन्द्र जंगशाहीको कप्तानीमा उक्त टिम घोषणा गरिएको हो । टिमको उपकप्तानको जिम्मेवारी भने भबिन सारु मगरले पाएका छन् । यस्तै टिममा राजकुमार शाह, टोपेन्द्रजि.सी., मोहनजि.सी., सौगातकार्की, सुरज बोहरा, निश्चल रावल, टेक सलामी मगर, प्रकाश जैसी, ललितप्याकुरेल, लोकेश हमाल, भानु सुनार, संगमगिरी, रेगिन शाही रहेका छन् ।

कर्णाली प्रदेशका ७ जिल्लाले उक्त प्रतियोगितामा सहभागिता जनाउनेछन् । अन्य जिल्लाको तुलनामा सुर्खेत विगतका इतिहास हेर्दा बलियो टिम मानिन्छ । टोलि सोमबार रुकुम प्रस्थान गर्ने सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष के.सी.ले बताए ।

यस अघि गतवर्ष सुर्खेत जिल्ला क्रिकेट संघको आयोजनामा सुर्खेतमा भएको प्रदेशस्तरीय खेलमा सुर्खेतले उपाधी हात पारेको थियो भने रुकुम उपविजेता भएको थियो ।

कर्णाली प्रदेश क्रिकेटमा निकै पछाडि भएकोले उक्त खेलको विकास र खेलाडीको हौसलाको लागि उक्त प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...