News Portal

  • प्रदेश कपको लागि सुर्खेतको टिम घोषणा

    हिमाली संचार संवाददाता
    ६४६ पटक

    सुर्खेत : रुकुमपश्चिमको चौरजहारीमा हुने टी–२० क्रिकेट प्रतियोगिताको लागि सुर्खेतबाट १५ सदस्यीय टिम छनौट गरिएको छ । पुष १० देखि १७ गते देखि सञ्चालन हुने प्रदेश कप टी–२० प्रतियोगिताको लागि उक्त टिम घोषणा गरिएको सुर्खेत जिल्ला क्रिकेट संघ, सुर्खेतका अध्यक्ष श्रीधर केसीले जानकारी दिए । रुकुम जिल्ला क्रिकेट संघको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुनेछ ।

    यू–१९ बाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका रबिन्द्र जंगशाहीको कप्तानीमा उक्त टिम घोषणा गरिएको हो । टिमको उपकप्तानको जिम्मेवारी भने भबिन सारु मगरले पाएका छन् । यस्तै टिममा राजकुमार शाह, टोपेन्द्रजि.सी., मोहनजि.सी., सौगातकार्की, सुरज बोहरा, निश्चल रावल, टेक सलामी मगर, प्रकाश जैसी, ललितप्याकुरेल, लोकेश हमाल, भानु सुनार, संगमगिरी, रेगिन शाही रहेका छन् ।

    कर्णाली प्रदेशका ७ जिल्लाले उक्त प्रतियोगितामा सहभागिता जनाउनेछन् । अन्य जिल्लाको तुलनामा सुर्खेत विगतका इतिहास हेर्दा बलियो टिम मानिन्छ । टोलि सोमबार रुकुम प्रस्थान गर्ने सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष के.सी.ले बताए ।

    यस अघि गतवर्ष सुर्खेत जिल्ला क्रिकेट संघको आयोजनामा सुर्खेतमा भएको प्रदेशस्तरीय खेलमा सुर्खेतले उपाधी हात पारेको थियो भने रुकुम उपविजेता भएको थियो ।

    कर्णाली प्रदेश क्रिकेटमा निकै पछाडि भएकोले उक्त खेलको विकास र खेलाडीको हौसलाको लागि उक्त प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जानकारी दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ५ गतेको राशिफल

    आज कार्तिक ५, २०८२ (अक्टोबर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

    काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई...

    भ्रष्टाचारीमाथि कारबाही नभए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी

    काठमाडौं, कार्तिक ४ – ‘जेनजी’ आन्दोलनका कार्यकर्ताले भ्रष्टाचारीमाथि कडा कारबाही नभए फेरि सडक आन्दोलन गर्ने...

    हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने भारतीय नागरिक जेल चलान

    ललितपुर, कार्तिक ४ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ललितपुरस्थित घरमा चोरी गरेको...

    महाकाली किनारमा विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

    कञ्चनपुर, कार्तिक ४ – इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदी किनारस्थित भुजेलाघाटमा राष्ट्रिय...