News Portal

रुकुमको चौरजहारीमा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता हुदै

हिमाली संचार संवाददाता
७२२ पटक

ज्ञानु गौतम
रुकुम : चौरजहारीमा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेशकै सर्वाधिक ठूलो राशी रहेको प्रतियोगिता पुस १० गतेदेखि चौरजहारी नगरपालिकाको वडा १ नाखिरामा सुरु हुने आयोजक जिल्ला क्रिकेट संघ रुकुमले जनाएको छ ।

कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पु¥याउने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष दिपक बाँठाले बताउनुभयो । अध्यक्ष बाँठाका अनुसार प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले उद्घाटन गर्नु हुने छ ।

प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

प्रतियोगितामा आयोजक रुकुमसहित सल्यान, सुर्खेत, कालिकोट, जुम्ला, जाजरकोट र डोल्पा गरी ७ वटा जिल्लाले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भैसकेको बताएको छ ।

उद्घाटन समारोहमा मुख्य मन्त्री शाही संगै प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, प्रदेश सभा सदस्य गोपाल शर्मा अनल लगाएतको सहभागीता रहने छ ।

प्रतियोगितामा सहभागी सम्पूर्ण टिमलाई खाना, खाजा र बस्ने व्यवस्था आयोजकले नै गरेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...