News Portal

  • रुकुमको चौरजहारीमा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता हुदै

    हिमाली संचार संवाददाता
    ६२८ पटक

    ज्ञानु गौतम
    रुकुम : चौरजहारीमा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेशकै सर्वाधिक ठूलो राशी रहेको प्रतियोगिता पुस १० गतेदेखि चौरजहारी नगरपालिकाको वडा १ नाखिरामा सुरु हुने आयोजक जिल्ला क्रिकेट संघ रुकुमले जनाएको छ ।

    कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पु¥याउने उद्धेश्यले प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष दिपक बाँठाले बताउनुभयो । अध्यक्ष बाँठाका अनुसार प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले उद्घाटन गर्नु हुने छ ।

    प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

    प्रतियोगितामा आयोजक रुकुमसहित सल्यान, सुर्खेत, कालिकोट, जुम्ला, जाजरकोट र डोल्पा गरी ७ वटा जिल्लाले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भैसकेको बताएको छ ।

    उद्घाटन समारोहमा मुख्य मन्त्री शाही संगै प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, प्रदेश सभा सदस्य गोपाल शर्मा अनल लगाएतको सहभागीता रहने छ ।

    प्रतियोगितामा सहभागी सम्पूर्ण टिमलाई खाना, खाजा र बस्ने व्यवस्था आयोजकले नै गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...