News Portal

  • नेपाललाई युएईसँग ‘वान डे’ खेल्ने मौका

    हिमाली संचार संवाददाता
    ४३० पटक

    काठमाडौं -नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग एकदिवसिय (वान डे) क्रिकेट खेल्ने भएको छ । नेपालले जनवरीमा पाँच वटा एकदिवसिय खेल खेल्ने पक्का भएको नेपाली टोलीका प्राविधिक रमन सिवाकोटीले जनाएका छन् । उक्त खेल युएईमै हुनेछ ।

    पाँचमध्ये नेपालले कतिवटा ५० ओभर र कतिवटा टी—२० खेल्ने भन्ने निक्र्योल एक साताभित्र तय हुने बताईएको छ । नेपाल क्रिकेट संघ (क्यान) विश्व क्रिकेट काउन्सिल (आइसीसी) को प्रतिबन्धमा रहेका कारण युएईसँग नेपालको एकदिवसिय खेलको चाँजोपाँचो आइसीसीले नै मिलाएको हो । युएईसँग एकदिवसिय क्रिकेट खेल्नका लागि आइसीसीसँग नेपालका खेलाडी र प्रशिक्षकले पनि आग्रह गरेका थिए ।

    नेपालले एक बर्षअघि जिम्बावेमा भएको एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर चार वर्षको लागि वान डे मान्यता पाएको थियो । त्यसपछि नेपाली टोलीले गत अगस्ट महिनामा नेदरल्यान्ड्ससँग दुईवटा वान डे खेल खेलेको थियो ।

    उक्त श्रृंखला १–१ को बराबरीमा सकिएको थियो । नेपालले युएईसँग एसिया कप छनोटमा यसअघि पनि एउटा वान डे खेलेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १३ गतेको राशिफल

    आज भदौ १३, २०८२ (अगस्त २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७ सय म्यासेज पठाएर हैरानी, नुवाकोट युवक प्रहरी हिरासतमा

    काठमाडौं, भदौ १२ – नुवाकोटका २७ वर्षीय सुमित भट्टराईले २० वर्षीया युवतीलाई लगातार हैरानी दिएको...

    ओली सचिवालयद्वारा भण्डारीसँग सम्बन्धित समाचार खण्डन

    काठमाडौं, भदौ १२ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको अनौपचारिक...

    बिहारमा उच्च सतर्कता : नेपाल हुँदै भारत प्रवेश गरेको आतंकवादीको आशंका

    काठमाडौं, भदौ १२ – भारतको बिहार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपालमार्ग हुँदै पाकिस्तानस्थित...

    प्रचण्ड : “विद्या भण्डारीलाई राजनीतिमा फर्कने बाटो मैले सजिलो बनाइदिएको हुँ”

    विराटनगर, भदौ १२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय...