News Portal

गुरुकुलमा चेलालाई गोरु चुटाई, भाँचियो चेलाको देब्रे खुट्टा !

हिमाली संचार संवाददाता
६५६ पटक

दैलेख : दुल्लू नगरपालिकाले नाभिस्थानमा सञ्चालन गरेको पञ्चकोशी बेदबिद्याश्रम गुरुकुल विद्यापीठमा शिक्षक गरेको कुटपिटको कारण १३ वर्षीय बालक सुरेन्द्र हमालको देब्रे खुट्टा भाँचिएको कर्णालीटाइम्सले जनाएको छ ।

हिन्दू धर्म संस्कार, शास्त्रीय कर्मकाण्ड बारे अध्यापन गराइने गुरुकुल विद्यापीठमा दिइएको पाठ कण्ठ गर्न नसकेको भनेर शिक्षक खगेन्द्र बजगाईंले गरेको कुटपिटका कारण बालकको खुट्टा भाँचिएको प्रत्यक्षदर्शी बालकले बताएका छन् ।

संस्कृत श्लोक कण्ठ गर्न नसकेको भनेर मंसिर २६ गते बेदको छडीले मरणासन्न हुने गरी शिक्षक बजगाईंले कुटेका र उपचार गर्न पनि जान नदिएको अवस्थामा सोमवार मात्र त्यहाँ पढ्ने बालक नवराज खनालको प्रयासले भागेर दुल्लू अस्पताल पु¥याएरपछि मात्र घटना सार्वजनिक भएको हो ।

दुल्लू अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जको वेष्टर्न अस्पतालमा भर्ना गरिएको छ । आरोपित शिक्षकले अस्पताल प्रशासनसंग मिलेर उनको स्वास्थ्य खास समस्या केही छैन भनी भन्न लगाएको पीडित पक्षको आरोप छ ।

त्यहाँ सिकाउने नाममा दिनहुँ जसो कुटपिट गर्ने, तुच्छ शब्दले गाली गलौज गर्ने र अपशब्द बोल्ने शिक्षकहरुको दुव्र्यवहारका कारण आजित भएका त्यहाँ पढ्ने ६ जना बालकहरु सुरेन्द्रको खुट्टा भाँचिएको पाँचौं दिन एकै साथ गुरुकुल विद्यापीठ छोडेका छन् ।

दुल्लू नगरपालिकाको ४ लाख अनुदान रकमबाट तलब भत्ता खाने गरी नियुक्त गरिएका प्रधानाध्यापक बजगाईं र अर्का शिक्षक दिपक पाण्डे दुबै जना घाइते बच्चाको उपचार गराउने नाममा नेपालगञ्ज पुगेका छन् ।

सोमवार यो घटना सार्वजनिक भएपछि मात्र जानकारी पाएको पञ्चकोशी बेदबिद्याश्रम गुरुकुल विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद उपाध्याय र सदस्य सचिव श्रोत व्यक्ति शिबराज खड्का समेतको उपस्थितिमा पीडित पक्षलाई उजूरी नगर्न आग्रह गरेको जानकारी प्राप्त भएको छ ।
श्रोत व्यक्ति खड्कालाई यस बारे मोवाइलमा कुरा गर्न खोज्दा प्रतिक्रिया दिन चाहनुभएन ।

त्यहाँ पढ्न चाहनेहरुलाई आवाशीय व्यवस्था मिलाइएको गुरुकुल विद्यापीठ सञ्चालन भएको दुई वर्ष अवधिमा दलितहरुलाई भर्ना नदिइएको दलित सेवा संघका केन्द्रीय सदस्य सूर्यबहादुर बिकले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो ‘भर्ना नलिनु पनि विभेद हो ।

सुरेन्द्र हमाल कुटिएको विषयमा मुद्दा दिन पीडित पक्षलाई पञ्चकोशी बेदबिद्याश्रम व्यवस्थापन समितिले रोकेको विषयमा सोध्दा अध्यक्ष कृष्णप्रसाद उपाध्यायले उपचार गरेर फर्किएपछि पनि ९० दिन भित्र उजूरी गर्न सकिने म्याद रहेकोले त्यस्तो सल्लाह दिइएको स्वीकार गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...