News Portal

‘बरालिएको शिक्षा’

देशको शिक्षा क्षेत्रको पहिलो समस्या भनेको शिक्षामा बैदेशिक हस्तक्षेप हो। बिदेशबाट कमिसन आएपछि आफ्नो ब्यक्तिगत स्वार्थ र अल्पकालीन फाइदाका निम्ति लाखौं विद्यार्थीहरुको भविष्य अन्धकारमा धकेल्ने काम भईरहेको छ।

~ श्रीराम बस्याल 'स्वरुप'
७३५ पटक

देशमा अहिले समाजवादको हुण्डरि चलेको छ, यद्यपि देशको शिक्षा पद्धति देशको राजनितीक ब्यवस्था सँग प्रत्यक्ष सरोकार राख्दछ र  मेरो बुझाईमा शिक्षा राज्यको नियन्त्रणमा रहनुपर्छ भन्ने हो। कुनै पनि देश विकसित, आत्मनिर्भर र स्वाधीन हुनुमा शिक्षाको योगदान अपरिहार्य छ। तर विडम्बना भन्नुपर्छ देशको शिक्षा पद्धति राष्ट्रको अवस्था सँग लयबद्द हुन सकेको छैन अर्थात शिक्षाको विषयवस्तु एकातिर र राष्ट्र तथा जनताको रुचि र आवश्यकता अर्कोतिर देखिन्छ।

यसरी शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको चर्चा, बहस, अन्तरक्रिया लगायतका कार्यक्रमहरु सरोकारवालाहरु, शिक्षाबिद, बुद्धिजीवीहरुले गर्नु अनिवार्य छ तर यो भईसकेको हामी पाउँदैनौँ, केवल कार्यक्रमको नाममा मात्रै सिमित छन। देशको शिक्षा क्षेत्रको पहिलो समस्या भनेको शिक्षामा बैदेशिक हस्तक्षेप हो। बिदेशबाट कमिसन आएपछि आफ्नो ब्यक्तिगत स्वार्थ र अल्पकालीन फाइदाका निम्ति लाखौं विद्यार्थीहरुको भविष्य अन्धकारमा धकेल्ने काम भईरहेको छ। उक्त शिक्षा न देशको माटो अनुकुल छ न त देशको अवस्थाले नै त्यो कुराको महशुस गरेको छ। फेरि उक्त सिकाईका कुराहरु कतिपय न देश भित्र ब्यवहारिक रुपमा लागू गर्ने अवस्था नै छ। नेपालमा चलिरहेको एउटा दुखद संस्कृतिको कुरा गरौँ भने – विदेश छिरेपछि उसलाई नेपाल बसेभन्दा सम्मानको दृष्टिले हेर्ने चलन छ, राज्य तर्फबाट होस या सामाजिक स्तरबाट विदेश जानको लागि प्रोत्साहित गर्ने गरिन्छ। जो परिस्थितिको दासी भएर बिदेश घुस्यो उसबाट केही पाउने आसमा उसैको जयजयकार गरिनुपर्ने, छिटोछरितो सम्पत्ति कमाउने बाटो रोज्नुपर्ने यहि हो देशको शिक्षाको यथार्थ चित्रण।

मोटो कमिसनको आधारमा पाठ्यक्रम, पाठ्यपुस्तकहरु लागू गरिनुले पनि विद्यार्थीहरुमा समस्या पर्ने देखिन्छ। देशको भुगोल र बिशेषता नबुझी ल्याईएका शिक्षाहरु ब्यवहारिक हुँदैन। एउटा सानो उदाहरणका लागि sin, cos र अल्फा, बिटाका कुराहरु, विभिन्न रासायनिक रसायनहरु किताबमा बाहेक दैनिक जिवनमा लागू भएनन र विभिन्न सामुन्द्रिक जिवहरु पाठ्यक्रममा समावेश त गरिए तर देशमा समुन्द्र भएन अनि यसको उद्देश्य के त ? यसबारे जानकारी दिन ? जानकारी दिन थियो भने यसलाई ओपचारिकता भित्र किन राखियो ? बरु यसलाई ओपचारिकता भित्रबाट हटाएर विद्यार्थीको अध्ययनशिल रुचिको आधारमा आफ्नो घरमा मात्र पढ्ने अतिरिक्त शिक्षा या पुस्तकको रुपमा राखिनु स्वागतयोग्य हुन आउँछ।

तेस्रो कुरा भनेको देशको शिक्षा पुर्णतः राज्यको नियन्त्रणमा हुन सकेन, यसलाई समुदायमा हस्तान्तरण या निजिकरण भनेर भनियो तर यसले सरकारि स्कुलको गुणस्तर खस्किदै गयो भने बोर्डिङ स्कुलहरु ब्यापारको केन्द्र जस्तै बन्न पुगे। शैक्षिक प्रक्रिया, पद्धति सबै केन्द्रीकृत भयो र नाउँ मात्रको सामुदायिकमा रुपान्तरण गरियो। एउटै देशमा दुईखालको शिक्षा नितिले विद्यार्थीहरुमा विभेद उत्पन्न गरायो। क्षमता भन्दा पैसाको आधारमा विद्यार्थीहरु चुनिने अवस्था आईपुग्यो। श्रम, शोसित जनताहरु पैसाको अभावमा आफुले रोजेको विषय छनोट गर्न नपाउने अवस्थामा आईपुगे। प्राविधिक क्षेत्रका अधिकांश शैक्षिक संस्थाहरु निजि छन। यसमा अझ के भयो भने एकफेर लगानि हालेसि शैक्षिक माफियाहरुलाई प्रशस्त कमाउने बाटो हुन पुग्यो भने अध्ययन गर्नेहरुले पनि अहिले त हो खर्च पछि जति पनि कमाईन्छ भन्ने बुझाईले उक्त शैक्षिक संस्थाहरुमा भनेजती खर्च गर्न प्रतिस्पर्धि भए। यसले धनी वर्गलाई झन धनी र गरिबलाई झन तल झार्ने काम गर्यो। आज शैक्षिक दलाल, माफियाहरु यो विषयमा चुप बसेका छन।

यतिबेला सरकारि देखि बोर्डिङ सबै शैक्षिक संस्थाहरुमा अङ्ग्रेजी माध्यमको हावा चलेको छ, देशको करिब ४४% नेपाली भाषा बोलिने मुलुकमा अंग्रेजी माध्यमबाट शैक्षिक गुणस्तर सुधार्छु भन्नू दिवा सपना मात्रै हो। आज साम्राज्यवादी देशहरुले आफ्नो पहुँच, भाषा, संस्कृति र सामानको बिकास गर्दै निगम पुँजिवाद र भुमण्डलिकृत तरिकाले आफ्नो जालो फिँजाईरहेको छ। पछिल्लो उदाहरण हेर्ने हो भने दक्षिण कोरियाले बिश्वका विभिन्न मुलुकबाट कामदार लग्दा अंग्रेजी होइन कि आफ्नै देशको भाषालाई प्राथमिकतामा राखेको छ र त्यो देश आज विश्वका उत्तम बिकसित देशहरु मध्यको एक हो। अनि यहाँ चाहिँ अंग्रेजी संस्कारको शिक्षा यो कहाँको नियम हो ? आफ्नो देशको भाषा, संस्कृति, संस्कार कुल्चेर ल्याईएको, राष्ट्रिय स्वाधीनतालाई ओझेलमा पारेर ल्याईएको शिक्षा, दलाल पुँजिपतिहरुको सेवा गर्ने, कसैलाई मालिक त कसैलाई दासी बनाउने शिक्षा।

शिक्षाको अर्को प्रमुख समस्या भनेको लामो र झन्झटिलो शिक्षा हो। शिक्षालाई ओपचारिकताको नाउँ दिएर दिनहुँ ६/८ घन्टा सम्म शिक्षक र विद्यार्थीलाई चारभित्ता भित्र कोचेर राखिन्छ। यो शिक्षा कसरी लामो भयो भन्नेबारे एउटा सानो उदाहरणका रुपमा मात्रै सामाजिक विषय हामिले हेर्यौँ भने त्यहाँ सामाजिक विकृतिहरु, विकासका पुर्वाधार,संस्कृति र परम्परा भन्ने पाठ कक्षा २ देखि सुरु हुन्छ र १० कक्षासम्म पुग्दा पनि ती पाठ, बिषयहरु दोहोरिरहन्छन। यसले विद्यार्थीहरुमा एक त विषयबस्तु प्रति नयाँपन झल्केन र शिक्षा भनेको गतिशिल हो भन्ने बुझाईको महशुष हुन सकेन र विद्यार्थीहरुमा रुचि पनि घट्दै गयो। कतिपय विषयबस्तु यथास्थितिमा नै राखियो र कतिपयलाई समय अगावै भर्याङ चढाउने काम गरियो।

शिक्षालाई श्रमबाट बन्चित गरिएको छ, जनशिक्षाले यसबारे दृढता पुर्वक ब्याख्या गरेता पनि यो लागू हुन भने सकेको छैन। नेपालको शिक्षाको भनेको युरोप र अमेरिका घुमाउन सपना देखाउने होइन गरिब र सर्वहारा वर्गको सेवा गर्ने खालको हुनुपर्छ । उत्पादनलाई जोड दिएको हुनुपर्छ। शिक्षाको जड भनेको श्रम नै हो किनकि वस्तुमा गति पैदा भएसि चेतना हुन्छ र चेतनाले बस्तुको अवस्था परिवर्तन गर्ने काम गर्छ। आजको शिक्षा प्राथमिकतामा चेतनालाई राखेर वस्तुको अवस्था परिवर्तन गर्न उत्प्रेरित छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...