News Portal

रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

२३२ पटक

काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको छ। सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाइएका जोशीले रास्वपाका सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएपछि मात्र आफूलाई पत्रमा हस्ताक्षर गराइएको खुलासा गरेका छन्।

जोशीका अनुसार रवि बाहिरिएको करिब डेढ घण्टापछि पत्र ल्याएर हस्ताक्षर गराउन खोजिएको थियो। “सुरक्षासम्बन्धी कारण देखाएर पत्रको विवरण हेर्न पाइनँ,” उनले आयोगसमक्ष बताएका छन्।

उक्त पत्रमा सहकारी मुद्दासँग जोडिएको राजनीतिक प्रकरणका कारण रविलाई थुनामुक्त गरिएको उल्लेख थियो। साथै, “थुनामा राख्दा थप अन्याय हुनसक्ने र देशको शान्ति–सुरक्षामा असर पर्न सक्ने” भन्दै तत्काल रिहा गर्ने निर्णय गरिएको उल्लेख थियो।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र बिन्देश्वरी भण्डारीले नख्खु कारागार पुगेर त्यहाँको अवस्था र सुरक्षाकर्मीहरूसँग जानकारी लिएको पनि आयोग स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...