News Portal

रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

१३९ पटक

काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको छ। सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाइएका जोशीले रास्वपाका सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएपछि मात्र आफूलाई पत्रमा हस्ताक्षर गराइएको खुलासा गरेका छन्।

जोशीका अनुसार रवि बाहिरिएको करिब डेढ घण्टापछि पत्र ल्याएर हस्ताक्षर गराउन खोजिएको थियो। “सुरक्षासम्बन्धी कारण देखाएर पत्रको विवरण हेर्न पाइनँ,” उनले आयोगसमक्ष बताएका छन्।

उक्त पत्रमा सहकारी मुद्दासँग जोडिएको राजनीतिक प्रकरणका कारण रविलाई थुनामुक्त गरिएको उल्लेख थियो। साथै, “थुनामा राख्दा थप अन्याय हुनसक्ने र देशको शान्ति–सुरक्षामा असर पर्न सक्ने” भन्दै तत्काल रिहा गर्ने निर्णय गरिएको उल्लेख थियो।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र बिन्देश्वरी भण्डारीले नख्खु कारागार पुगेर त्यहाँको अवस्था र सुरक्षाकर्मीहरूसँग जानकारी लिएको पनि आयोग स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...