News Portal

राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

१६७ पटक

काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति प्रश्न उठाउँदै पार्टीको उपादेयता र विश्वसनीयतामा चुनौती आएको जनाएको छ। उनीहरूको भनाइ अनुसार पार्टीले वर्तमान राजनीतिक घटनाक्रममा मध्यस्थ भूमिका खेल्न सकेको छैन।

महामन्त्री डा. धवलशमसेर राणाको नेतृत्वमा मंगलबार बसेको बैठकमा असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा देखिने निर्णयलाई विरोधाभासी र पार्टीको विधानअनुसार नहुने कदम भएको भन्दै आलोचना गरेको छ।

बैठकले गत १५ चैत र जेठमा भएका राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू कमजोर पार्ने नेतृत्वको भूमिका रहेको धारणा राख्यो। साथै आन्तरिक निर्वाचन र विधान विपरीत नेता तथा कार्यकर्तालाई पदमुक्त, निलम्बन वा निष्कासन गर्ने कार्यलाई असन्तुष्ट पक्षले स्वेच्छाचारी र अनुचित ठहर गरेको छ।

असन्तुष्ट पक्षले महाधिवेशनको मिति तोक्ने, विवाद समाधान समिति गठन गर्ने र निर्वाचन प्रक्रिया निष्पक्ष बनाउन सुझाव दिएका छन्। बैठकले पार्टीभित्र विश्वास फर्काउन नेतृत्वले तुरुन्त सुधार गर्नु आवश्यक रहेको बताएको छ।

प्रतिकृया दिनुहोस्

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...