News Portal

राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

१२६ पटक

काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति प्रश्न उठाउँदै पार्टीको उपादेयता र विश्वसनीयतामा चुनौती आएको जनाएको छ। उनीहरूको भनाइ अनुसार पार्टीले वर्तमान राजनीतिक घटनाक्रममा मध्यस्थ भूमिका खेल्न सकेको छैन।

महामन्त्री डा. धवलशमसेर राणाको नेतृत्वमा मंगलबार बसेको बैठकमा असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा देखिने निर्णयलाई विरोधाभासी र पार्टीको विधानअनुसार नहुने कदम भएको भन्दै आलोचना गरेको छ।

बैठकले गत १५ चैत र जेठमा भएका राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू कमजोर पार्ने नेतृत्वको भूमिका रहेको धारणा राख्यो। साथै आन्तरिक निर्वाचन र विधान विपरीत नेता तथा कार्यकर्तालाई पदमुक्त, निलम्बन वा निष्कासन गर्ने कार्यलाई असन्तुष्ट पक्षले स्वेच्छाचारी र अनुचित ठहर गरेको छ।

असन्तुष्ट पक्षले महाधिवेशनको मिति तोक्ने, विवाद समाधान समिति गठन गर्ने र निर्वाचन प्रक्रिया निष्पक्ष बनाउन सुझाव दिएका छन्। बैठकले पार्टीभित्र विश्वास फर्काउन नेतृत्वले तुरुन्त सुधार गर्नु आवश्यक रहेको बताएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...