News Portal

मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

२१७ पटक

काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर रहेको बताएका छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सवमा बोल्दै उनले चार्जिङ स्टेशनको नीति सुधार गर्न र सोलार प्रवद्र्धनका लागि नयाँ कार्ययोजना बनाइरहेको जानकारी दिए।

उनका अनुसार विद्युतीय गाडीको प्रयोग बढिरहेको छ र परम्परागत ग्यासको सट्टा इन्डक्सन र अन्य वैकल्पिक ऊर्जाको प्रयोगलाई अझ बढाउन आवश्यक छ। हावाबाट बिजुली उत्पादन गर्ने प्रविधिमा निजी क्षेत्रले अझै चासो नदेखाएको र यसमा लगानी गर्न आह्वान गरिएको उनले बताए।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले सौर्य ऊर्जा, सिँचाइ, खानेपानी र सुधारिएको चुलोजस्ता क्षेत्रमा काम गर्दै आएको बताए। उनले आठ कार्बन उत्सर्जन कटौती परियोजनाबाट ३६ मिलियन अमेरिकी डलर आम्दानी भएको र ४० हजार रोजगारी सिर्जना भएको जानकारी दिए।

ढकालले आगामी पाँच वर्षमा १० लाख घरधुरीमा पहुँच पुर्याउने लक्ष्य रहेको र ३७ लाख घरधुरीमा विभिन्न प्रविधिमार्फत विद्युत सेवा पुर्‍याउने योजना रहेको बताए। कार्यक्रममा मन्त्री घिसिङले सौर्य तापीय मार्गचित्र तथा कार्यान्वयन योजना विमोचन गरे। वार्षिकोत्सवकै अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...