News Portal

रंगेली जनता क्याम्पस ओझेलमा पर्दै

२६१ पटक

रविन्द्र बराल/ मोरङ, साउन ९ – रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता क्याम्पस ३८ वर्ष बितिसक्दा पनि अपेक्षितरूपमा विकास हुन सकेको छैन। त्यसपछि स्थापना भएका सुकुना क्याम्पस, पथरी बहुमुखी क्याम्पस र उर्लाबारी क्याम्पसले उल्लेखनीय प्रगति गरेका छन्, तर जनता क्याम्पस भने कछुवाको गतिमा अघि बढिरहेको देखिन्छ। आजको अवस्थामा क्याम्पसको अस्तित्व नै संकटमा परेको जस्तो देखिन्छ।

३८ वर्षको अवधिमा देशमा धेरै राजनीतिक परिवर्तन आए—काङ्ग्रेस, एमाले, माओवादी लगायतका दलहरूले शासन सम्हाले—तर रंगेली जनता क्याम्पसको सुधारका लागि कुनै पनि दलले स्पष्ट पहल नगरेको पूर्व–प्राचार्य लोचन खतिवडाले बताएका छन्। मोरङ क्षेत्र नं. १ बाट स्वर्गीय नेपाली कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले तीनपटक चुनाव जिते, पछि आमोदप्रसाद उपाध्याय निर्वाचित भए। मोरङ क्षेत्र नं. ५ बनेपछि नेकपा (माओवादी) का शिवकुमार मण्डल विजयी भए। तर ती नेताहरू कसैले पनि क्याम्पसका लागि कुनै ठोस सहयोग नगरेको खतिवडाले गुनासो गरे। अहिले स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल सांसद छन्, तर उनी पनि क्याम्पसप्रति बेखबर देखिन्छन्।

यदि रंगेलीमा जनता क्याम्पस स्थापना भएको नहुने हो भने, यस क्षेत्रका गरीब तथा अति विपन्न परिवारका छोरा, छोरी तथा बुहारीहरूले उच्च शिक्षाको कल्पना गर्न पनि सक्ने थिएनन्। पूर्व–प्राचार्य खतिवडाका अनुसार पञ्चायतकालदेखि हालसम्म नगरपालिकाले क्याम्पसलाई कुनै पनि उल्लेखनीय सहयोग गरेको छैन। पछिल्लो समय विद्यार्थीहरूले शुल्क तिर्न नसक्ने भन्दै आन्दोलन गरेपछि, नगरपालिकाले सहुलियतस्वरूप वार्षिक रूपमा ५ लाख रुपैयाँ दिने गरेको उनले जानकारी दिए।

खतिवडाका अनुसार जनता क्याम्पस रंगेली दक्षिण–पूर्वी मोरङका लागि एक समय नमुना क्याम्पस सरह थियो। सामुदायिक रूपमा सञ्चालित यो क्याम्पसमा एकान्त र स्वच्छ वातावरणमा अनुभवी तथा ख्यातिप्राप्त प्राध्यापकहरूबाट अध्यापन भइरहेको छ। वर्तमान प्राचार्य सुरेन्द्र बस्नेतका अनुसार उनीहरूले सकेसम्म राम्रो काम गरिरहेका छन्, तर स्थानीयको पूर्ण सहभागिता विना क्याम्पसले द्रुत रूपमा प्रगति गर्न सक्दैन।

रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाका अनुसार नगरपालिकाले सकेसम्म सहयोग गरिरहेको छ र आगामी दिनमा अझ बढी सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन्।

२०६१ सालमा क्याम्पसकी विद्यार्थी सालिनी अग्रवालले नेपाल प्रथम भई ऐश्वर्य पदक समेत तत्कालीन रानी ऐश्वर्यको हातबाट प्राप्त गरेकी थिइन्। त्यो उपलब्धिबाट क्याम्पस अगाडि बढ्न थालेको भए पनि पछिल्लो समय प्रदेश, केन्द्र र स्थानीय तहका सरोकारवाला निकायहरूको बेवास्ताका कारण क्याम्पस पुनः ओझेलमा परेको प्राचार्य बस्नेतले बताएका छन्।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...