News Portal

विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

३२४ पटक

काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग पूरा नभएको भन्दै आजदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ।

गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित गरिएको थियो। तर प्रतिनिधिसभामा भदौ ६ मा पेश गरिएको विधेयकमा ती सहमतिका बुँदाहरू कार्यान्वयन नभएको भन्दै महासङ्घले पुनः आन्दोलनको निर्णय गरेको हो। महासङ्घले विधेयकले शिक्षकहरूको सेवा सुविधा, स्थायित्व र अधिकार कमजोर बनाएको आरोप लगाएको छ।

महासङ्घले माग गरेको प्रमुख बुँदाहरूमा अस्थायी शिक्षकका लागि पदपूर्ति ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला गर्ने व्यवस्था, आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पदसम्बन्धी व्यवस्था, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण नगर्नेसहितका विषय समावेश छन्।

महासङ्घका अध्यक्ष सुवेदीले आन्दोलनको पहिलो चरणमा प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराइने बताएका छन्।

महासङ्घले भदौ ११ देखि २० सम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लामा दुई घण्टे धर्ना दिने र भदौ २१ देखि दोस्रो चरणको कडा आन्दोलन—धर्ना, अवरोध र विरोध प्रदर्शन—समेत गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...