News Portal

सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

२६१ पटक

काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि गृह मन्त्रालयमा वार्ता सुरु गरेको छ।

वार्तामा प्रसाईं स्वयं उपस्थित छैनन्। उनको तर्फबाट माधव प्रसाद खतिवडाको नेतृत्वमा देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी र मकबुल साह लगायतको टोली सहभागी भएको छ।

खतिवडाले गृहमन्त्री ओम प्रकाश अर्याललाई समूहका मागहरू समावेश गरिएको पत्र बुझाएका छन्। सोही विषयमा अहिले छलफल चलिरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्।

वार्ताको समन्वय अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले गरिरहेका छन्।

सरकारले गत १८ कात्तिकमा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानलाई वार्तामा बोलाएको थियो। तर मन्त्रीस्तरीय छलफलमा प्रसाईंले आफ्ना प्रतिनिधिहरू पठाएका हुन्। खतिवडाले वार्ता अघि भनेका थिए, “प्रधानमन्त्रीस्तरको वार्तामा दुर्गा दाइ सहभागी हुनुहुन्छ, मन्त्रीस्तरको छलफल हामीले अघि बढाएका हौं।”

प्रसाईंले ७ मंसिरदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। यसअघि गत चैत १५ मा पनि उनको समूहले तीनकुनेमा प्रदर्शन गर्दा हिंसात्मक घटना, तोडफोड र आगजनी भएका थिए।

यस पटकको आन्दोलनका लागि प्रसाईंले नेपाली कांग्रेस (बीपी) सँग सहकार्य गरेका छन्। कात्तिक २३ गते सुकुमवासी बस्तीमा आयोजित कार्यक्रममा उनले आन्दोलनका लागि उक्साउने अभिव्यक्ति दिएका थिए।

सुरक्षा निकायले सम्भावित हिंसात्मक घटनालाई मध्यनजर गर्दै प्रसाईं र उनको समूहमाथि निगरानी कडा पारेको जनाएको छ। हालै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूले पनि प्रसाईं गतिविधिबारे समन्वय बैठक गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...