News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुध्रिएनन् राजमार्गका होटल, अनुगमन गर्ने निकाय मौन !

    हिमाली संचार संवाददाता
    ७१२ पटक

    हरिहरसिंह राठौर
    धादिङ : सार्वजनिक सवारी साधनका यात्रुहरुले खाना र नाश्ता खाने पृथ्वीराजमार्ग स्थित होटलमा मुल्य एकरुपता गर्ने स्थानीय प्रसासनको प्रयास विफल भएको छ । राजमार्गका खाना र नाश्ता दिने निश्चित होटलहरुले यात्रुहरु चरमरुपमा निरन्तर ठगी गर्ने गरेको आरोप वारम्वार लागे पछि पनि अनुगमन गर्ने निकायनै प्रष्ट नहुंदा अनुगमन हुन सकेको छैन । यस अघि स्थानीय प्रशासनको अगुवाईमा यदाकदा वजार तथा होटलहरुको मूल्य तथा गुणस्तर अनुगमन हुने गरे पनि स्थानीय निकायको निर्वाचन पछि होटल र वजारको अनुगमन हुनै छोडेकोछ ।

    दशैंताका अनुगमन गरे जस्तो हुन्छ । अरु समयमा अनुगमन गर्ने निकाय चुपचाप वस्छन् । ’ नागरिक समाजका अगुवा सीताराम प्रसाद वर्माले वताए । स्थानीय निकायको निर्वाचन पछि अनुगमन गर्दै आएको स्थानीय प्रशासनले ‘सवै अनुगमन र आवस्यक कार्वाहीको सिफारिस गर्ने जिम्मेवारी स्थानीय सरकारकै भएकोले स्थानीय सरकार जिम्मेवार हुनु पर्ने ’ जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत राममणि मिश्रले वताए ।

    देशभरका ७२ जिल्लाले प्रयोग गर्ने पृथ्वीराजमार्गमा १६ सय भन्दा वढी साना ठुला होटल रेष्टुरेण्टहरु छन ्। पृथ्वीराजमार्गको ८६ किलोमिटर दुरी क्षेत्रको धादिङ खण्ड जोगीमाराको मौवा खोला देखि नौविसेको झयप्ले खोला सम्म पर्यटकिय स्तर का १ दर्जन, माईक्रो वस रोक्ने २ दर्जन र लामो दुरीका २ दर्जन होटलहरु सर्वाधिक यात्रु हरु लाई खान र नाश्ताका लायी सवारी साधनहरु रोकिने होटल हुन् । देशभरका जिल्ला वाट दैनिक ओहरदोहर गर्ने ढुवानी साधन लगायत सार्वजनिक सवारी साधनका यात्रु, हरु लाई खाना र नाश्ता विक्री गर्छन् ।

    जिल्ला होटल व्यवसायीसंघ संग ६ सय पनि आवद्ध छैनन । ‘ हामी हाम्रो संगठनमा आवद्ध होटल व्यवसायीहरुसंग मुल्य र गुणस्तरवारे निर्धारण गरि एकरुपता ल्याउन सक्छौं, संगठनमा आवद्ध नभएका , नया“ र पटके व्यवसायीहरुले ग्राहकहरु लाई मनपरि रुपले असुल्ने गरेको वारे स्थानीय प्रशाासनलाई पनि गुनासो गरेका हौं , कुनै सुनुवाई भएन’–नव निर्वाचित जिल्ला होटल व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठले वताए । जिल्ला होृटल व्यवसायी संघले स्थानीय प्रशाासन र जिल्ला उद्योग वाणिज्य संघ संग छलफल गरि निर्धारण गरेको मुल्य सूचीमा हाल आकाश पाताल फरक छ ।

    सार्वजनिक यातायातका साधनहरु रोक्ने हरेक होटलहरुमा स्थानीय प्रशाासनले तोकेको मुल्य सूची लाई अनिवार्यं टांस्नु पर्ने आदेशको अवज्ञा गर्दै अझै पनि यात्रु ग्राहकहरु वाट मनपरिरुपले मूल्यसुची वनार्ई ठगी गर्ने गरेको आरोप छ । विशेष गरि नौविसे , खानीखोला, सिक्रेखोला, २० किलो, धार्के , एक्लेफा“ट, हुदैं मलेखु, सलाङ्गघाट सम्मका होटलहरु गुणस्तरहिन खाना तथा नाश्ता दिएर यात्रु हरु वाट चर्को मुल्य असुल्ने गरेको आरोप छ ।

    ‘राजमार्गमा यात्रा गर्ने यात्रुहरुले हरेक दिन होटलहरुमा आफु ठगिएको कुरा सामाजिक सन्जाल मार्फत आक्रोश पोखेका हुन्छन् , तर अनुगमन फितलो र कार्वाही गर्ने प्रकृया मै नजाने भएका कारण मनपरि मुल्य भएको हुन सक्छ– होटल व्यवसायी संघका निवर्तमान अध्यक्ष राजकुमार प्याकुरेलले वताए ।

    दैनिक उपभोग्यवस्तुहरुको चरम मुल्यवृद्धिको अनुगमन र नियन्त्रण नगर्ने स्थानीय प्रशासनले होटल व्यवसायी हरुलाई मात्रै नियन्त्रण गर्न खोजेको होटल व्यवसायीहरुले आरोप लगाएका छन् ।

    ‘ खाना पकाउने ग्यास अभाव, दाल चामल र तेलको आकासिंदो मूल्य प्रति स्थानीय प्रंशासनको ध्यान नजाने तर वजार भाउ अनुसार थोरै मुल्य वृद्धिमा ७५ प्रतिशत मुल्य कम गर्न लिखित निर्देशन दिने स्थानीय प्रशासनको व्यवहार होटल व्यवसायीहरुलाई विस्थापित गर्न उन्मुख छ ।’संघका निवर्तमान अध्यक्ष प्याकुरेलले वताए ।

    ‘दैनिक सान ठुला १५ हजार सार्वजनिक सवारी साधनका यात्रुहरु मध्य कम्तीमा पनि आधा १६ हजारले खाना र नाश्ता मात्रै खाने गरेको प्रारम्भिक अध्ययन गरेका छौै,–जिल्ला स्थित खाद्य अधिकार सुरक्षा संन्जालका फिल्ड संयोजक राजेन्द्र वस्नेतले वताए ।

    राजमार्गका होटल व्यवसायीहरु लाई सधैं जसो यात्रुहरु ठग्न वढी मुल्य लिने गरेको, वासी र न्युन गुणस्तरको खाना दिने गरेको, वालश्रम प्रयोग गर्ने गरेको, दर्ता नगरेर होटलहरु संचालन गर्ने नगरेको, चालकहरु लाई मदिरा र गा“जा वेच्ने गरेको आरोप लाग्ने गरेकोछ ।

    ‘ होटलमा २० जनाले खाने होटल, ट्रक चालकहरुले मात्रै खाने होटल र दैनिक २ देखि ५ सय जना सम्मले खाने गरेको होटलको स्वादमा निश्चय पनि फरक पर्ला तर चामलको गुणस्तर, परिकारको संख्या, सरसफाई, स्वच्छ र शुद्ध खानाको अनुगमन स्थानीय प्रशासनले नगरेर सवै स्तरका होटललाई मुल्य घटाई यौटै मुल्यमा खाना उपलव्ध गराउन निर्देशन दिएको प्रति हाम्रो आपत्ती हो ’ दैनिक ३ दर्जन माईक्रोवसका यात्रुहरु लाई खाना र नाश्ता वेच्दै आएका सलाङ्गघाट स्थित चितवन होटलका संचालक हरिशरण पाण्डेले वताए ।

    सार्वजनिक सवारी साधनका मालिक हरु लाई आफनो होटल अगाडी वस रोक्न होटल संचालकहरुले १ देख डेढ लाख सम्म रकम अग्रिम पेश्की वुझाएका हुन्छन् । वस मालिककै निर्देसन अनुसार चालकहरुले पनि होटल अगाडी वस रोके वापत मासिक ५ देखि ८ हजार सम्म कमिशन होटलहरु वाट असुल्ने गर्छन् । सवारी साधनका स्टाफ हरु लाई मिठो र रोजे अनुसारको खानपिन व्यवस्था निशुल्कनै हुन्छ ।

    २ वर्ष अघि फागुन १ गते देखिनै लागु हुने गरि होटलमै पकाएर दिईने २६ प्रकारका खाना र नाश्ताको मुल्य निर्धारण गरि मुल्य सुची राख्न सवै लाई परिपत्र गरेको थियो । पेय पदार्थ तथा कुरकरे, आलु चिप्स , कोक , पेप्सी, रेडवुल जस्ता जंङ्कफुड्स तथा पेय पदार्थहरु लाई कम्पनीकै उल्लेख दरमा विक्री गर्न निर्देशन दिइएको थियो । खाना र नाश्ता संगै होटल वरपर संचालनमा आएका यस्ता पसलेहरुले पेयपदार्थ र रेडिमेड खाद्य पदार्थहरुवाट दोव्वर मुल्य लिएर ग्राहक ठग्ने गरेको आरोप छ ।

    स्थानीय प्रशासनले होटलहरुमा व्यवसाय दर्ता, मदिरा वेच्ने ईजजत, आन्तरिक राजस्वमा दर्ता भए नभएको, सरसफाई, भान्साको सरसफाई शौचालयको अवस्था, होटल वरपरको वातावरण, व्यवसायीले ग्राहक लाई गर्ने व्यवहार, होटलहरुमा वालश्रमको प्रयोग, म्याद नाघेका खाद्य पदार्थको वेचविखन वारे कडाईका साथ अनुगमन गरेकोछ । सार्वजनिक वसहरु नियमित रोकिने होटलहरुमा जिल्ला स्तरिय मुल्य निर्धारण समितीले निर्धारण गरेको मुल्यसूची नटा“सेको पाए कार्वाहीको दायरामा ल्याएकोछ । ‘ निर्धारित मुल्यमा नवेच्ने ५ जना होटल संचालकहरु लाई यसै हप्ता कार्वाहीको दायरामा ल्याएका छौं ’ अनुगमन अधिकृत सहायक प्रजिअ अधिकारीले वताए ।खानपिनको मुल्य भने छिमेकी जिल्ला तनहु“, चितवनको कुरिनटार, मुग्लिन, रामनगर भन्दा पनि धदिङमा सस्तो रहेको ’ जिल्ला होटल व्यवसायी संघका अध्यक्ष राजकुमार प्याकुरेल वताउंछन् ।

    राजधानीको प्रवेश द्धारमा रहेको पृथ्वीराजमार्गको धादिङ खण्ड देशभरका ६८ जिल्ला आवत जावत गर्ने साना ठुला सवै खाले सार्वजनिक सवारी साधन र ढुवानी साधनहरुले प्रयोग गर्छन् । खाने देखि नास्ता सम्मका लागी नौविसे देखि मौवा खोला सम्मका साना, ठुला, व्यवस्थित र अव्यवस्थित, घुम्ती , टहरामा संचालित ८ सय होृटलहरुले सेवा दिंदैं आएका छन्.। राजमार्गमा होटलहरुको वर्गाीकरण नभए पनि सवारी साधनका धनीहरुले आफै गरेका छन् । साना सवारी साधन हरु, पर्यटक वोक्ने वसहरु, सार्वजनिक वसहरु, हाईस, माईक्रो वस, लगायत साना सार्वजनिकक सवारी साधन र मालवाहक ढुवानी साधनहरुको निश्चित तोकिएको होटल हरु प्रयोग गर्छन भने निजी कार र मोटरसाईकल चालकहरु अर्डर वमोजिमको खाना नाश्ता प्रयोग गर्छन् ।

    पृथ्वीराजमार्गको ८६ किलोमिटर दुरी क्षेत्रको धादिङ खण्ड जोगीमाराको मौवा खोला देखि नौविसेको झयप्ले खोला सम्म पर्यटकिय स्तर देखि साना ठुला ८ सय होटल हरु संचालनमा छन् । त्यस मध्य ४ दर्जन स्तरिय होटलहरु देशभरका ६८ जिल्ला वाट दैनिक ओहरदोहर गर्ने ढुवानी साधन लगायत सार्वजनिक सवारी साधनका यात्रु, हरु लाई खाना र नाश्ता विक्री गर्छन् ।

    ‘दैनिक ३२ हजार सार्वजनिक सवारी साधनका यात्रुहरु मध्य कम्तीमा पनि आधा १६ हजारले खाना र नाश्ता मात्रै खाने गरेको प्रारम्भिक अध्ययन गरेका छौै,–जिल्ला स्थित खाद्य अधिकार सुरक्षा संन्जालका फिल्ड संयोजक राजेन्द्र वस्नेतले वताए ।

    राजमार्गका होटल व्यवसायीहरु लाई सधैं जसो यात्रुहरु ठग्न वढी मुल्य लिने गरेको, वासी र न्युन गुणस्तरको खाना दिने गरेको, वालश्रम प्रयोग गर्ने गरेको, दर्ता नगरेर होटलहरु संचालन गर्ने नगरेको, चालकहरु लाई मदिरा र गा“जा वेच्ने गरेको आरोप लाग्ने गरेकोछ ।

    ‘ होटलमा २० जनाले खाने होटल, ट्रक चालकहरुले मात्रै खाने होटल र दैनिक २ देखि ५ सय जना सम्मले खाने गरेको होटलको स्वादमा निश्चय पनि फरक पर्ला तर चामलको गुणस्तर, परिकारको संख्या, सरसफाई, स्वच्छ र शुद्ध खानाको अनुगमन स्थानीय प्रशासनले नगरेर सवै स्तरका होटललाई मुल्य घटाई यौटै मुल्यमा खाना उपलव्ध गराउन निर्देशन दिएको प्रति हाम्रो आपत्ती हो ’ दैनिक ५ दर्जन माईक्रोवसका यात्रुहरु लाई खाना र नास्ता वेच्दै आएका सलाङ्गघाट स्थित चितवन होटलका संचालक हरिशरण पाण्डेले वताए ।

    खयरघारी स्थित होटल कान्तिपुरका संचालक सुदिप अधिकारीले ‘दैनिक ७० वटा यात्रुवाहक वसका यात्रुहरु लाई ताजा खाना उपलव्ध गराउन त्यत्तिनै जनशक्तिको आवस्यकता पर्छ । वढी मुल्य लिएकै छैंनौं । खाना र नाश्ताको गुणस्तर, वजार मुल्यको अनुगमननै नगरि संस्थाका कर्मचारीको दवावमा हचुवाकै भरमा मुल्य घटाउन निर्देशन दिई होटल पेशा लाई वदनाम गराउन खोजिएको वताए ।

    सार्वजनिक सवारी साधनका मालिक हरु लाई आफनो होटल अगाडी वस रोक्न होटल संचालकहरुले १ देख डेढ लाख सम्म रकम अग्रिम पेश्की वुझाएका हुन्छन् । वस मालिककै निर्देसन अनुसार चालकहरुले पनि होटल अगाडी वस रोके वापत मासिक ५ देखि ८ हजार सम्म कमिशन होटलहरु वाट असुल्ने गर्छन् । सवारी साधनका स्टाफ हरु लाई मिठो र रोजे अनुसारको खानपिन व्यवस्था निशुल्कनै हुन्छ ।

    ‘ धेरै गुनासो आएका, गैह्रकानुनी रुपले दर्ता नगरि संचालनमा आएका, सार्वजनिक जग्गा मिचेर संचालनमा आएका, वढी मुल्य लिएर वेच्ने होटल र रेष्टुरेण्टहरुलाई सुधार गर्न हामीले मौखिक र लिखित निर्देशन दिएका छौं, अटेर गरे कार्वाही प्रकृया अगाडी वढाउछौं । ’सर्वाधिक होटलहरु रहेका धुनीवेंसी नगरपालिका प्रमुख वालकृष्ण आचार्यले वताए। कान्तिपुर

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...

    इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

    एजेन्सी। इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्।...

    मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख मेष...

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...