News Portal

  • सुर्खेतका एक युवाले मलेसियाबाट पैसा मात्रै ल्याएनन्, सिप पनिसँगै ल्याएर आए

    हिमाली संचार संवाददाता
    ७९६ पटक

    नगेन्द्र उपाध्यय
    सुर्खेत : घरको आर्थिक अवस्था कमजोर भएका कारण साहुसँग ऋण गरेर वीरेन्द्रनगरका अम्मरबहादुर खड्का २० वर्षकै उमेरमा रोजगारीका लागि मलेसिया पुगे। १० वर्ष मलेसियामा बिताएका खड्काले पैसा मात्रै कमाएनन्, मलेसियाबाट सीप पनिसँगै ल्याएर आए।

    अधिकांस नेपाली युवाहरू अरुको देशमा पसिना बगाएर पैसा कमाउँछन्’ खड्काले भने, ‘मैले पनि पसिना बगाएर पैसा मात्रै कमाइन्, सीप पनि सिकेर आएँ।’खड्काले १० वर्षसम्म मलेसियाको एक धुप (अगरवत्ती) उद्योगमा काम गरे। उनको यो मूल पेशा थियो। बाँकी रहेको समय उनी चप्पल उद्योगमा काम गर्थे। ‘मेरो लक्ष्य पैसा कमाउनु मात्रै थिएन्, सीप सिक्नु पनि थियो’ खड्काले भने, ‘विदेशमा कमाएको पैसा र सिकेको सीपले अहिले यहाँ उद्योग स्थापना गर्न सफल भएको छु।’

    खड्काले वीरेन्द्रनगर–९ पातालगंगामा खड्का फुटवेर नामबाट चप्पल उद्योग सञ्चालनमा ल्याएका छन्। एक वर्षअघि मलेसियाबाट फर्केका उनले चप्पल र अगरबत्तीका बारेमा जिल्ला–जिल्लामा पुगेर अध्ययन गरे। ‘अगरबत्ती भन्दा चप्पल उद्योग सञ्चालनमा ल्याउँदा चाँडो आम्दानी हुने देखेँ’ खड्काले भने, ‘उद्योग सुरुवातको छोटो समयमै राम्रो बजार पाइरहेको छु।’

    उनको उद्योगबाट उत्पादित चप्पल बाहिरबाट आयात भएर आउने चप्पल भन्दा सस्तो छ। खड्का फुटवेयरको ‘कर्णाली’ ब्राण्डले बजारमा राम्रो प्रतिक्रिया पाएको छ।.साविकको जर्वुटा गाविसको नलखोलामा जन्मिएका उनले मलेसिया जाँदा छिमेकीसँग एक लाख १० हजार रुपियाँ ऋण मागेका थिए।

    १० वर्षसम्म मलेसियामा पसिना बगाएर कमाएको पैसाबाट उनले वीरेन्द्रनगर–९ स्थित पातालगंगामा जमिन किने। घर बनाए। अहिले घरमै उद्योग स्थापना गरेका छन्।

    ‘श्रीमतीसहित पाँच जना उद्योगमा काम गछौं’ उनले भने, ‘छोटो समयमै राम्रो मार्केट पाइएकाले यसलाई विस्तार गर्दै जाने सोच छ।’पश्चिम नेपालमा चप्पल उद्योग छैनन्। हाल कर्णाली प्रदेशमा सिमिति ‘कर्णाली’ ब्राण्डलाई देशभर पुर्याउने लक्ष्य उनको छ। उद्योगका लागि चाहिने मेसिन र कच्चा पदार्थ उनले भारतबाट आयात गरेका हुन्।

    आठ लाखको लगानीमा उत्पादन सुरु गरेको हुँ’ खड्काले भने, ‘चप्पलको बजार राम्रो रहेकाले लगानी थपेर ठूलो बनाउने सोच छ।’उनीसँग चप्पल उत्पादन गर्ने मात्रै होइन्, अगर बत्ती बनाउने सीप पनि छ। चप्पल उद्योगपछि अगरबत्ती उद्योग सञ्चालनमा ल्याउने सोच उनले बनाएका छन्। ‘सुरुमा चप्पल उद्योगलाई स्थापित गर्छु, त्यसपछि मैनबत्ती उद्योग सञ्चालनमा ल्याउँछु’ उनले भने, ‘मैले अर्काको देशमा काम गर्दा जे सीप सिकेको छु, त्यो यहाँ सिकाउन पनि चाहान्छु।

    उद्योग रहेको वडाका अध्यक्ष सुरेश मानन्धरले विदेशमा रहेका र जाने तयारीमा रहेका युवाहरुले खड्काबाट धेरै कुरा सिक्नुपर्ने बताए। ‘विदेशमा कमाउन मात्रै जाने होइन्, त्यहाँ काम गर्दा सिकेको सीपलाई स्वदेशमा आएर प्रयोगमा पनि ल्याउनुपर्छ’ उद्योगको नि रीक्षणपछि वडा अध्यक्ष मानन्धरले भने, ‘अहिले विदेशमा रहेका र जान लागेका युवाहरूलाई सीप सिकेर आउन अनुरोध गर्छु।

    वडा अध्यक्ष मानन्धरले विदेशबाट आएका युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउनका लागि सीप अनुसारको लगानी गर्ने तयारी भइरहेको बताए। ‘वडा कार्यालयमार्फत हामीले विदेशमा सीप सिकेर यहाँ उद्योग अथवा स्वरोजगार बन्न चाहने युवालाई लगानी गर्ने तयारी हामीले गरेका छौं’ उनले भने, ‘यसले विदेशको सीपलाई नेपालमा प्रयोग गर्ने वातावरण बन्नुका साथै थप जनशक्ति रोजगार बन्ने अपेक्षा हामीले लिएका छौं।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...