कुवेतमा भएको खुल्ला भलिवलको उपाधि अल्घानिमले जित्यो
कुवेत : नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा BEC एक्सचेंज प्रायोजनमा महाबुल्ला कुवेतमा शुक्रबार आयोजित खुल्ला भलिवल प्रतियोगिताको उपाधि अलघानिम कम्पनिले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा मुना मायदी टिमलाइ हराउदै अलघानिम उपाधि चुम्न सफल भएको हो ।
प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल मुना मायदी टिमले सेमिफ़ाइनलमा बागलुङ सेवा समाजलाइ हराएको थियो भने अलघानिमले कल्याणकारी नेपाली समाज कुवेतलाइ हराउदै फाइनलको यात्रा तय गरेको थियो ।
आयोजकले प्रथम हुने टिमलाइ नगद १०० केडी, मेडल, ट्रफि, प्रमाण पत्र र दोस्रो हुने टिमलाइ ५० केडी, मेडल, ट्रफि, प्रमाण पत्र पुरस्कार प्रदान गरेको छ ।
साथै प्रतियोगिता कै बेस्ट खेलाडिको रुपमा मुना मायदीका खेलाडी केस कुमार पुर्जालाइ मेडल तथा रेफ़्री र कुवेतमा कृयाशिल अनलाइन मिडियालाइ पनि मायाको चिनो सहित सम्मान गरेको छ ।
१४ टिमले सहभागिता जनाएको उक्त प्रतियोगिता एकदमै भब्य र सब्य रुपमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा खुसि ब्यक्त खेल संयोजक राज मल्लले स्पोन्सर BEC, सहभागी टिम, आयजोकका प्रतिनिधि सदस्यहरु, कुवेतमा सन्चालित सबै मिडिया हाउस लयागत सम्पूर्ण प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाइ धन्यबाद ज्ञापन गरेका छन ।


















