News Portal

वैदेशिक श्रमिकको पसिनाको मूल्य: एक महिनामै १ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो

हिमालीसंचार संवाददाता
१७२ पटक

काठमाडौं, वैशाख २८ – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांकले पुनः एकपटक देखाएको छ—विदेशिएका नेपालीको पसिनाले देशको अर्थतन्त्र कति बलियो बनाइरहेको छ। चैत महिनाभरि मात्र नेपालमा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।

फागुन मसान्तसम्म जम्मा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स आइसकेकोमा चैत मसान्तसम्म आइपुग्दा यो रकम ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले बढी हो।

यद्यपि, रेमिट्यान्स वृद्धिको दर भने अघिल्लो वर्षको तुलनामा केही सुस्त देखिएको छ। गत वर्षको यही अवधिमा विप्रेषण १७.२ प्रतिशतले बढेको थियो भने यस वर्ष १० प्रतिशतको हाराहारीमा सीमित छ। अमेरिकी डलरको हिसाबले हेर्दा, चैत महिनामा रेमिट्यान्स आप्रवाह ८ अर्ब ७४ करोड डलर पुगेको छ।

त्यस्तै, खुद ट्रान्सफरको आकारसमेत उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको खुद ट्रान्सफर यो वर्ष १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँमा पुगेको छ।

यी तथ्यांकहरूले प्रस्ट पारेको छ—देशभित्र रोजगारीको अभावका बीच परदेशिएका नेपालीहरूले पठाएको पसिनाको रकमले अहिले पनि मुलुकको विदेशी मुद्रा सञ्चिति बलियो बनाइरहेको छ। व्यापार घाटा व्यवस्थापनदेखि समग्र आर्थिक स्थायित्वमा रेमिट्यान्सको भूमिकालाई नजरअन्दाज गर्न सकिन्न।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...