News Portal

  • अपरेशन सिन्दूर’पछि भारत–पाकिस्तानबीचको तनाव चुलिँदै, अन्तर्राष्ट्रिय समुदाय गम्भीर चासोमा

    हिमालीसंचार संवाददाता
    १३६ पटक

    काठमाडौं, वैशाख २४ – भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरिएको हवाई कारबाहीपछि दक्षिण एसियाली भूमिमा एकपटक फेरि तनाव चुलिएको छ। ‘अपरेशन सिन्दूर’ नाम दिइएको भारतीय सैन्य कारबाहीपछि विश्वका ठूला मुलुकहरू र अन्तर्राष्ट्रिय संस्था गम्भीर चासो व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरिरहेका छन्।

    जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकवादी हमलाको दुई हप्ता नबित्दै भारतीय सेनाले नौवटा ठाँउमा लक्षित हवाई प्रहार गर्‍यो। भारतीय पक्षले यसलाई आत्मरक्षात्मक कदम बताउँदै ‘अपरेशन सिन्दूर’को नाम दिएको हो।

    पाकिस्तानका विदेशमन्त्री इसहाक डारका अनुसार हवाई हमलामा हालसम्म ८ जनाको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन्। उनी भन्छन्, “भारतको यो कदम पाकिस्तानको सार्वभौमिकताको गम्भीर उल्लंघन हो।”

    भारतले भने पाकिस्तानतर्फबाट सीमावर्ती क्षेत्रमा लगातार गोलीबारी भइरहेकाले प्रतिकारस्वरूप कारबाही गरिएको दाबी गरेको छ। भारतीय रिपोर्टअनुसार कश्मीरमा पाकिस्तानको गोलीबारीमा ३ भारतीय नागरिकको मृत्यु भएको छ।

    तनाव बढेसँगै दुवै देशका सीमावर्ती क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गरिएका छन्। सुरक्षालाई लिएर उच्च सतर्कता अपनाइएको छ भने प्रमुख भारतीय वायुसेवाहरू—एयर इन्डिया, स्पाइसजेट र इन्डिगो—ले प्रभावित क्षेत्रका उडानहरू स्थगित गर्दै यात्रा चेतावनी जारी गरेका छन्।

    यसबीच, पाकिस्तानको हैदरावाद शहरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ। पाकिस्तानको परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पत्र पठाएर भारतको हवाई आक्रमणले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा उत्पन्न गराएको बताएको छ।

    “संयुक्त राष्ट्र चार्टरको अनुच्छेद ५१ अनुसार पाकिस्तानलाई आत्मरक्षाको अधिकार छ, र उपयुक्त समय र स्थानमा जवाफ दिन सक्छौं,” पाकिस्तानको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    यता पाकिस्तानले एक चर्को दाबी गर्दै भारत-नियन्त्रित कश्मीर नजिकको सीमामा भारतीय सैनिकले सेतो झन्डा फहराएको बताएको छ— जुन सामान्यतया आत्मसमर्पणको संकेत हो। यो दाबीलाई अलजजिरालगायत स्वतन्त्र स्रोतहरूले पुष्टि गर्न नसकेको जनाएका छन्।

    पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तारारले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “पहिले अनुसन्धानबाट भागे, अब मैदानबाट पनि।”

    भारत र पाकिस्तानबीचको यो पछिल्लो तनावले आणविक हतियार बोकेको दुई राष्ट्रबीचको सम्बन्ध पुनः अस्थिर बनाएको छ। अहिलेको स्थितिमा सहनशीलता, संवाद र कूटनीतिक संयमता अत्यावश्यक देखिएको अन्तर्राष्ट्रिय समुदायको भनाइ छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...