News Portal

इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको पुष्टि

२५५ पटक

काठमाडौं, असोज २७ – गत वर्ष हमास लडाकु समूहद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको जानकारी इजरायली सेनाले औपचारिक रूपमा दिएको छ।

इजरायली सेना (आईडीएफ) का एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिनको मृत्युबारे औपचारिक जानकारी दिएका हुन्। यो जानकारी भिडियो कन्फरेन्समार्फत इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायली प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई दिइएको थियो।

राजदूत पण्डितले भने, “आईडीएफ अधिकारीले हामीलाई भने– विपिन इज नो मोर।”

कञ्चनपुरका विपिन जोशी अध्ययनका क्रममा इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनेका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।

विपिन अन्तिमपटक नोभेम्बर १७ मा गाजास्थित अल शिफा अस्पतालमा देखिएका थिए, तर त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको थिएन। केही दिनअघि मात्र उनको पुरानो भिडियो सार्वजनिक गरिएको थियो।

विपिनको खोजी र उद्धारका लागि नेपाली सरकार, परिवार र इजरायली अधिकारीबीच कूटनीतिक प्रयास जारी रहँदै आएको थियो। विपिनकी आमा र बहिनी यसअघि उनलाई खोज्न इजरायल पुगेका थिए र हाल उनीहरू अमेरिकामा छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...