News Portal

नेपाल भलिवल क्लब कुवेतले आयोजना गरेको खुला भलिबल प्रतियोगिताको फाइनल खेल आउदो शुक्रबार हुने

हिमाली संचार संवाददाता
११७१ पटक

नोभेम्बर २४, कुवेत : नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा  BEC एक्सचेंज प्रायोजनमा आयोजति खुल्ला भलिवल प्रतियोगिताको हिजो उद्घाटन भएको छ । खेल उद्धघाटन सगै प्रथम चरणका सम्पूर्ण खेलहरु सम्पन्न  भएका छन। १४ टिम समाबेस प्रतियोगिताको पहिलो चरणमा निम्न खेलहरु भएका थिए :
१) हिस्को कम्पनी <> नेपाल टिम”A”
२)कुवेत लायन्स <> बागलुङ समाज
३)अमाँनिया कम्पनी <> सुदुरपश्चिम समाज
४)एम.के.अार.(रोहन) <> कल्याणकारी समाज
५) अलघानिम कम्पनी <> एम.वाई.सी.
६)लाफा क्लब <> नेपाल टिम”B”
७) मिक्स मायदी <> निर्मल टिम

जस मध्ये नेपाल टिम “A”, बागलुङ सेवा समाज, सुदुरपश्चिम सेवा समाज, कल्याणकारी नेपाली समाज, अलघानिम कम्पनी, नेपाल टिम”B”र मिक्स मायदी  क्वार्टर फाइनलमा प्रवेस गरेका छन । क्वार्टर फाइनलको टाइसिट अनुसार – नेपाल टिम “A” vs कल्याणकारी नेपाली समाज, नेपाल टिम “B” vs अलघानिम कम्पनी, सुदुरपश्चिम सेवा समाज vs मिक्स मायदी र बागलुङ सेवा समाज बाई परेको छ ।  हिजो सम्पन्न प्रथम क्वार्टर फाइनल खेलमा कल्याणकारी नेपाली समाजले सेमिफ़ाइनलको यात्रा तय गरेको छ भने बाक़ी खेल सगै फाइनल खेल आउदो शुक्रवार ३० नोभेम्बरमा हुने छन ।

आयोजकले उक्त दिन कुवेतमा क्रियाशिल संघसंस्था, खेलप्रेमी, पत्रकार तथा अाम जनसमुदायलाई उपस्थिति भैइदिन अनुरोध गरेको छ ।

त्यसै गरि सम्पूर्ण टिमहरु तथा खेलप्रेमि दर्शकहरुलाई समयमै उपस्थिति भइदिन समेत अनुरोध गरिएको छ । BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल क्लब, खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक क्लबले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

प्रतियोगिता सम्बंधी थप जानकारी :
प्रथम पुरस्कार – १०० केडी, मेडल, ट्रफि, प्रमाण पत्र
द्वितिय पुरस्कार – ५० केडी, मेडल, ट्रफि, प्रमाण पत्र
मिति- ३० नोभेम्बर २०१८(शुक्रवार)
स्थान – झाड़ी (महाबुल्ला)
समय – ८ बजे बिहान
संयोजक – राज मल्ल (60067572)
BEC प्रतिनिधी – डम्बर गुरूङ( 97269182)
– शम्बु निरौला (90948667)
सम्पर्क – राज मर्हजन – 65931063,55135902,
हिमाल गाहा मगर – 50017790
रुपेन्द्र पाण्डे – 50632416
गोकुल जि सि – 97914531

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...