News Portal

क्यानडा र मेक्सिकोका उत्पादनमा ट्रम्पको भन्सार नीति फेरि परिवर्तन

क्यानडा र मेक्सिकोका उत्पादनमा ट्रम्पको भन्सार नीति फेरि परिवर्तन भएको छ।

हिमालीसंचार संवाददाता
३७४ पटक

फाल्गुन २३, वाशिंगटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने उत्पादनमा लगाउन लागेको २५ प्रतिशत भन्सार महसुललाई फेरि केही समयका लागि स्थगित गरेका छन्। मंगलबारदेखि लागू हुने भनिएको उक्त भन्सार नीति देशभित्रैको चर्को आलोचना र सेयर बजारमा आएको गिरावटका कारण बिहीबार रोकिएको हो।

ट्रम्पले पहिलो कार्यकालमै यी दुई देशसँग गरेको व्यापार सम्झौताअन्तर्गत केही वस्तुहरूलाई अप्रिल २ सम्म भन्सार छुट दिने निर्णय गरेका छन्। यसअघि उनले गाडी उत्पादनसम्बन्धी उद्योगहरूका लागि ३० दिनको राहत दिएका थिए।

ट्रम्प प्रशासनले चीन, क्यानडा, र मेक्सिकोबाट आयात हुने उत्पादनमा उच्च भन्सार महसुल लगाउने योजना अघि सारेपछि ती देशहरूले पनि अमेरिकामाथि प्रतिरोधात्मक कदम चाल्ने चेतावनी दिएका थिए। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी उत्पादनमा २५ प्रतिशत भन्सार लगाउने योजना बनाएका थिए। पहिलो चरणमा २० अर्ब डलर बराबरका वस्तुहरूमा कर लगाइने भनिएको थियो भने दोस्रो चरणमा ९० अर्ब डलर बराबरका अन्य वस्तुहरू समेट्ने योजना थियो।

मेक्सिकोले पनि अमेरिकाको कदमको जवाफमा भन्सार नीति ल्याउने तयारी गरेको थियो। यदि ट्रम्प प्रशासनले आफ्नो निर्णय कार्यान्वयन गरेको भए उत्तर अमेरिकी व्यापार प्रणाली गम्भीर रूपमा प्रभावित हुने सम्भावना थियो।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शानबामले अमेरिका प्रवेश गर्ने अवैध आप्रवासी तथा लागुपदार्थ नियन्त्रण गर्न १०,००० सैनिक परिचालन गर्ने घोषणा गरेपछि ट्रम्पले केही लचिलो नीति अपनाएका हुन्। अमेरिकाले पनि जवाफमा मेक्सिकोमा अवैध हतियारको आपूर्ति रोक्ने प्रतिबद्धता जनाएको छ।

यसअघि पनि मेक्सिकोले अमेरिकी सीमा क्षेत्रमा १५,००० सैनिक खटाउने सहमति जनाएको थियो। त्यस्तै, क्यानडाले फेन्टानिल नियन्त्रणका लागि विशेष अधिकारी नियुक्त गर्ने र लागुपदार्थ तस्करीमा संलग्न समूहहरूलाई आतंककारी सङ्गठनको सूचीमा राख्ने योजना बनाएको थियो।

ट्रम्पको भन्सार नीति बारम्बार परिवर्तन हुँदै आएकाले अमेरिकी व्यापारीहरू अन्योलमा परेका छन्। केही हप्ताअघि उनले घोषणा गरेको भन्सार नीति लागू भएमा अमेरिकाको सेयर बजारमा नकारात्मक प्रभाव पर्ने अनुमान गरिएको थियो। सेयर बजारमा गिरावट आएपछि राजनीतिक लोकप्रियता गुम्न सक्ने चिन्ताले ट्रम्पले आफ्नो निर्णय फेरि स्थगित गरेको अड्कल गरिएको छ।

हाललाई भन्सार नीति स्थगित गरिएको भए पनि ट्रम्पले अप्रिलदेखि पुनः लागू गर्ने चेतावनी दिएका छन्। यसको अर्थ उत्तर अमेरिकी व्यापार क्षेत्रमा नयाँ अनिश्चितता सिर्जना भएको छ।

 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...