News Portal

ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहायता रोक्ने निर्णय गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहायता अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन्।

हिमालीसंचार संवाददाता
३०४ पटक

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहायता अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन्। यस कदमका कारण युक्रेनलाई प्रदान गर्न लागिएको एक अर्ब डलरभन्दा बढीको हतियार र आर्थिक सहायता प्रभावित हुने बताइएको छ।

ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँगको पटक–पटकको छलफलपछि यो निर्णय लिएको अमेरिकी सञ्चारमाध्यमहरू उल्लेख गर्छन्। ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार यो आदेश तुरुन्तै लागू हुनेछ, जसले युक्रेनलाई अमेरिकी हतियार उत्पादकहरूबाट सैन्य सामग्री खरिद गर्नबाट रोकिनेछ।

सैन्य सहायता रोक्ने निर्णय ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको पछिल्लो विवादपछि आएको हो। स्रोतहरूका अनुसार जेलेन्स्की र ट्रम्पबीच ह्वाइट हाउसमा कडा भनाभन भएको ७२ घण्टा नबित्दै ट्रम्पले यो कदम चालेका हुन्।

ट्रम्प प्रशासनले युक्रेनलाई दिइने भविष्यको सहायता दुर्लभ खनिज तथा अन्य आर्थिक स्रोतसँग जोडिने स्पष्ट संकेत यसअघि नै गरिसकेको थियो। केही समयअघि ट्रम्प सरकारले युक्रेनसँग खनिज सम्झौता गर्न चाहेको थियो, जसअनुसार युक्रेनले युद्धकालीन सहयोग वापत दुर्लभ खनिज पदार्थबाट प्राप्त आम्दानीको ठूलो अंश अमेरिका दिनुपर्ने प्रावधान थियो।

तर, युक्रेनी राष्ट्रपतिले उक्त प्रस्ताव अस्वीकार गरेपछि ट्रम्प प्रशासन अझ कडा भएको देखिन्छ। ट्रम्पले जेलेन्स्कीलाई ‘तानाशाह’ भन्दै युक्रेनलाई युद्ध सुरु गर्ने राष्ट्रका रूपमा चित्रण गरेका छन्।

यस घटनाले अमेरिका–रुस सम्बन्धमा नयाँ समीकरण ल्याउने आँकलन गरिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले अमेरिकी विदेश नीतिमा आएको तीव्र परिवर्तन रूसको रणनीतिसँग मेल खाने बताएको रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

ट्रम्पले यसअघि नै युक्रेनलाई नेटो (NATO) मा सामेल हुन नदिने र रूसले नियन्त्रणमा लिएका क्षेत्रहरू फिर्ता नहुने बताएका थिए। पश्चिमा विश्लेषकहरूका अनुसार ट्रम्पको पछिल्लो निर्णयले रुसलाई कूटनीतिक रूपमा ठूलो लाभ पुर्‍याउनेछ।

केही विज्ञहरू ट्रम्पको रणनीति शीतयुद्धकालीन अमेरिकी नीतिसँग तुलना गर्छन्। उनीहरूका अनुसार ट्रम्प रूसलाई चीनबाट अलग पार्ने रणनीतिमा लागिपरेका छन्, ठीक त्यसरी नै जसरी शीतयुद्धताका अमेरिका र सोभियत संघबीचको सम्बन्ध तोड्न चीनलाई आफ्नो पक्षमा ल्याइएको थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...