News Portal

भानुले चुम्याे अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि

हिमाली संचार संवाददाता
८१८ पटक

रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ स्थित जनता क्याम्पसकाे खेल मैदानमा कार्तिक १४ गतेदेखि सुरु भएको खेल १८ गते सम्पन्न भएको छ । रंगेली नगरपालिका भरिका ८ वटा निजि विद्यालयहरुकाे सहभागीतामा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता भएको हाे ।

रंगेली नगर प्यापसनकाे अायाेजनामा गत बर्ष देखि अन्तर विद्यालय क्रिकेट प्रतियोगिता संन्चालन गरिएको हाे ।

अाईतबार भएको फाईनल खेलमा भएको खेलमा भानु मेमोरियल बाेडिङ स्कुलले टच जितेर मैैैैदानमा ब्याटिङमा उत्रिएको भानुले २० अाेभरकाे खेलमा ८ बिकेट गुमाउँदै १ सय ५५ रन बनाउन सफल भएको थियो । भानुका कप्तान विशाल मंन्डलले २२ रन लिएका थिए । अायुस साहले सर्वादिक २४ रन लिएका थिए ।

माउन्ट मकालु बिडिङ स्कुलले १२ अाेभरकाे खेलमा सम्पुर्ण बिकेट गुमाउँदै ७१ रन मात्रै जाेडन सफल भएको थियाे। अाईतबार भएको खेलमा बेष्ट बलर भानुका धिरज साेनि, बेष्ट फिल्डर र बेष्ट व्यट्स्मेन भानुका अासिस मंन्डल र म्याद अफ द सिरिज मकालुका मनिष मंन्डल, म्यान अफ द म्याच भानुका भानु साह घाेषित भए का थिए ।

कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, बिशिष्ट अतिथि ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक कबिन्द्र कार्की, माेरङ प्यापसनका अध्यक्ष सुनिल पाैडेल, माउन्ट मकालुका प्रिन्सिपल भक्त राज सुब्बा, मिनिल्याड बाेडिङ स्कुलका बिकर्ण कार्की, माेति ढकाल लगायतकाे उपस्थित समेत रहेको थियो ।

खेलमा प्रथम, द्वितीय हुनेहरुलाई सिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमका अतिथिहरुले हस्तान्तरण गरेका थिए । कार्यक्रम जीवन खनालकाे सभापतित्वमा सम्पन भएको थियोे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...