News Portal

यु- १५ साफ च्याम्पियनसिपको उपाधी बंगलादेशले जित्यो

हिमाली संचार संवाददाता
७२२ पटक

१५ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । ललितपुर सातदोवाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।

निर्धारित समयमा दुबै टिमले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । २५ औं मिनेटमा पाकिस्तानका खेलाडी असिब अहमद खानको आत्मघाती गोलबाट बंगलादेशले अग्रता लिएको थियो ।

त्यसपछि ५५ औं मिनेटमा पाकिस्तानका मोहब उलाहले फ्रिकिकमा गोल गरेर खेल बराबरीमा ल्याए । खेलमा पाकिस्तानी खेलाडी हसिब अहमद खान सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

खेलमा नेपाललाई १- ० ले हराउँदै भारतले तेस्रो स्थानमा हासिल गरेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...