News Portal

  • किन आन्दोलित भए महिला कामदार ?

    हिमालीसंचार संवाददाता
    ३८५ पटक

    कुवेत – वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्। बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको बिप्रेषणले धानिरहेको अवस्था छ। नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरुपका युवा जनशक्तिहरूलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ।

    नेपाली युवायुवती श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तब्यको रूपमा रहेका मुलुकहरूमा मलेसिया, दुबई, साउदी अरब, कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन। पछिलाे समय वैदेशिक रोजगारमा जाने नेपालीहरूको संख्यामा वृद्धि भएको छ। कुवेतमा केही दिनदेखि एउटा कम्पनीमा परेको समस्या निकै भाइरल बनेको छ।

    कुवेतको एक कम्पनीमा कार्यरत ५ सय देखि ६ सय हाराहारीमा नेपाली महिला चेलिबेटीहरु आन्दोलनमा क्म्पनिको अफिस घेरी रहेको छन। त्यहाँ सामान्य हातपात र तोडफोड पनि भएको जानकारी छ।

    कामदारको आईडी नवीकरण गर्न २६० देखि ४०० केडि कम्पनिले मागेको नत्र नेपाल फर्किनु भन्ने कुरा र नेपालबाट आएको ९ महिनासम्म ७५ केडि मात्र दिएर एक जना पिडितले बताए।

    पछिल्लो समय हामीले कुवेतमा एउटा कम्पनीमा भएको समस्या टिकटक देख्न सक्छौं।वास्तवमा यो समस्या किन र कसरी आयो त भनेर हामीले पिडित मेनपावर व्यवसायी तथा नेपाली दुतावास कुबेतका श्रम सहचारी हेमकुमार अधिकारीसँग पनि कुराकानी गरेका थियाै।कुवेतमा एक  कम्पनीमा काम गर्दै आएकाे कामदारमाथि कम्पनीले २६० के डि भिसाकाे  लागि  भनेर  रकम मागेपछि यो समस्या आएको हो। अनि कम्पनीमा काम गर्ने महिला कामदारले कम्पनीकाे अपिसमा नै तोडफोड गरेको समेत एकजना पीडित कामदारले स्वीकार गरे।

    टिकटिकमा निकै भाइरल भएपछि हामीले नेपाली दुताबास कुवेतका श्रम सहचारी हेमकुमार अधिकारीसँग केही कुरा सोध्दा  हेमकुमार अधिकारीको जवाफ यस्तो थियो। कम्पनीमा काम गरिरहेका महिला कामदारको माग जायज थियो तर उनीहरुले कम्पनीमा तोडफोड तथा आम हड्ताल गर्नु हुने थिएन भनेर जवाफ दिए। कुनै पनि कामदारको सम्झौता विचैमा आज नेपाल फर्किनु परेमा मेनपावरले क्षतिपूर्ति व्यहोर्नुपर्ने समेत बताए।

    याे समस्याकाे बारेमा मेनपावर व्यवसायीका सञ्चालकलाई समेत हामीले टेलिफोनमा कुराकानी गरेका थियौं। हामीले राखेको प्रश्नको उत्तर दिने क्रममा मेनपावर व्यवसायकाे सञ्चालकले कम्पनीमा भएकाे समस्याकाे समाधान जसरी पनि गर्नेछु भनेर भने। यदि मैले समस्याको समाधान गर्न सकिन भने अनि त्यसपछि नेपाली दूताबास कुबेतलाई भनेकोछु, उनले भने।

    मेनपावरका सञ्चालकले नेपाली कामदारको माग जायज रहेको तर उनीहरुले कम्पनीमा तोडफोड तथा आम हड्ताल गर्नुहुने थिएन। आमहडताल गरेर बसेका कामदारहरुलाई काममा जान आग्रह गर्दै जसरी पनि यो समस्याको समाधान गर्ने  मेनपावर सञ्चालकले बताए। कम्पनीमा काम गर्ने नेपाली महिला कामदारकाे मासिक तलब ७५ केडि छ तर ७५ केडिमा खाना तथा सम्पुर्ण खर्च गरेर ४० केडि आउछ ३० केडि मात्रै बच्छ, याे भनेकाे एकदम न्यूनतम तलब हाे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...