News Portal

रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

२०५ पटक

बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक छविलाल जोशीविरुद्धको सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा हुने भएको छ।

लामिछानेले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिला गर्दै रिहा माग गरेका थिए, तर जिल्ला अदालतले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। लामिछाने हाल ललितपुर नख्खु कारागारमा छन् भने छविलाल जोशी भैरहवा कारागारमा थुनामा छन्।

यसअघि उच्च अदालतले एउटै प्रकारका मुद्दा भएकाले दुवैको फाइल एउटै इजलासमा राख्न आदेश दिएको थियो। दुवैले आफ्नो हिस्सा अनुसारको जमानत रकम पेश गरिसकेका छन्। रिहा पाउने वा नपाउने निर्णय अदालतको पछिल्लो आदेशमा निर्भर रहनेछ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रवि र अन्य प्रतिवादीमाथि कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...