News Portal

रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

२८२ पटक

बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक छविलाल जोशीविरुद्धको सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा हुने भएको छ।

लामिछानेले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिला गर्दै रिहा माग गरेका थिए, तर जिल्ला अदालतले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। लामिछाने हाल ललितपुर नख्खु कारागारमा छन् भने छविलाल जोशी भैरहवा कारागारमा थुनामा छन्।

यसअघि उच्च अदालतले एउटै प्रकारका मुद्दा भएकाले दुवैको फाइल एउटै इजलासमा राख्न आदेश दिएको थियो। दुवैले आफ्नो हिस्सा अनुसारको जमानत रकम पेश गरिसकेका छन्। रिहा पाउने वा नपाउने निर्णय अदालतको पछिल्लो आदेशमा निर्भर रहनेछ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रवि र अन्य प्रतिवादीमाथि कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरिएको छ।

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...