News Portal

बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

१४३ पटक

काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव अघि नै राजसंस्था पुनर्स्थापनाको माग अघि सारेको छ। राप्रपाका महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठले नयाँ समझदारीमार्फत राजाको भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

राप्रपाका अनुसार वर्तमान संविधान र प्रणालीले युवा पुस्ताले चाहेको परिवर्तन सम्भव छैन। गुरुङले बैठकमा भने, “राजा, राजनीतिक दल र युवा प्रतिनिधि सबै एकै ठाउँमा हुनुपर्छ। अहिले दल र युवा एक ठाउँमा तयार छन्, अब राजालाई पनि समावेश गर्ने वातावरण बनाऔँ।” उनका कुरा सुन्दा अन्य दलका नेताहरु हाँसे, भने प्रधानमन्त्री कार्कीले पनि हाँस्दै जवाफ दिइन्, “मलाई त केवल चुनाव गर्ने अधिकार छ।”

राप्रपाले चुनावको विरोध नगरेको भए पनि संविधान संशोधन, सुशासन र विद्रोहसँग सम्बन्धित विषय पहिले समाधान हुनुपर्ने सुझाव दिएको छ।

प्रवक्ता मोहन श्रेष्ठले भने, “इतिहासले दिएको अवसरलाई सदुपयोग गरी सरकारले आवश्यक पहल गर्नु पर्छ। यसले प्रधानमन्त्री कार्कीलाई इतिहासमा सम्मानपूर्वक सम्झिने अवसर दिनेछ।”

प्रतिकृया दिनुहोस्

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...