News Portal

बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

१८९ पटक

काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव अघि नै राजसंस्था पुनर्स्थापनाको माग अघि सारेको छ। राप्रपाका महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठले नयाँ समझदारीमार्फत राजाको भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

राप्रपाका अनुसार वर्तमान संविधान र प्रणालीले युवा पुस्ताले चाहेको परिवर्तन सम्भव छैन। गुरुङले बैठकमा भने, “राजा, राजनीतिक दल र युवा प्रतिनिधि सबै एकै ठाउँमा हुनुपर्छ। अहिले दल र युवा एक ठाउँमा तयार छन्, अब राजालाई पनि समावेश गर्ने वातावरण बनाऔँ।” उनका कुरा सुन्दा अन्य दलका नेताहरु हाँसे, भने प्रधानमन्त्री कार्कीले पनि हाँस्दै जवाफ दिइन्, “मलाई त केवल चुनाव गर्ने अधिकार छ।”

राप्रपाले चुनावको विरोध नगरेको भए पनि संविधान संशोधन, सुशासन र विद्रोहसँग सम्बन्धित विषय पहिले समाधान हुनुपर्ने सुझाव दिएको छ।

प्रवक्ता मोहन श्रेष्ठले भने, “इतिहासले दिएको अवसरलाई सदुपयोग गरी सरकारले आवश्यक पहल गर्नु पर्छ। यसले प्रधानमन्त्री कार्कीलाई इतिहासमा सम्मानपूर्वक सम्झिने अवसर दिनेछ।”

प्रतिकृया दिनुहोस्

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...