News Portal

न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्थामाथि षड्यन्त्र : शंकर पोखरेल

१३७ पटक

दाङ, कार्तिक १३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई नेपालको कानुनी प्रणाली अस्थिर पार्ने षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्।

प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले न्यायालयमाथि गरिएको आक्रमण सामान्य घटना नभएको र यसले मुलुकको कानुनी व्यवस्था कमजोर पार्ने प्रयास झल्काउने बताए। उनले भने, “जेन-जी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका छैन, यो कानुनी प्रणालीमाथिको योजनाबद्ध आक्रमण हो।”

महासचिव पोखरेलका अनुसार, जेन-जी आन्दोलनका मागहरू उचित भए पनि त्यसमा राष्ट्रविरोधी र स्वार्थी तत्वहरूले घुसपैठ गरेको छ। उनले हालको सरकार गैर सरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय संस्था (आईएनजीओ)को प्रभावमा रहेको आरोप लगाए।

पोखरेलले भने, “संविधानले एनजीओ वा आईएनजीओलाई आन्दोलनका स्टेक होल्डर बन्ने अधिकार दिएको छैन, तर अहिले सरकारले तिनै संस्थालाई आन्दोलनमा संलग्न गराएको छ।”

उनले आन्दोलनका नाममा प्रहरीका हतियार लुटिने र कैदीहरू बाहिर रहने घटनाले देशमा असुरक्षा बढाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसले त्रास फैलाउने चेतावनी पनि दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...