News Portal

रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

२९१ पटक

रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको अवसर पारेर प्रत्येक वर्ष संस्थाले साधारण सभा गर्दै आएको छ। २०३७ सालमा स्थापना भएको उक्त गौशालाले ५२ बिगाहा भूमिको संरक्षण गर्दै गोसेवा स्थापना गरेको थियो।

स्थापनाकालदेखि नै गौशालामा योगदान गरेका व्यक्तिहरुलाई साधारण सभाबाट सम्मान पनि गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि मेयर दिलिप बगडिया हुनुहुन्थ्यो भने विशिष्ट अतिथि उपमेयर धुमा पराजुली, सलाहाकार मदन बगडिया, सहदेव राजगढ़िया, मंगलचंद बगडिया, वडा अध्यक्ष रामचन्द्र मण्डल, भरत प्रसाईं, समाजसेवी मचिन्द्र कटुवाल, सुरेश मिश्र, सन्तोष साह, राजेश बगडिया, राजेश शर्मा तथा विभिन्न वडाका अध्यक्षहरू उपस्थित थिए।

गोपाष्टमीको अवसरमा संस्थाले गाई पूजन, हवन र महाप्रसादको समेत व्यवस्था गरेको थियो। गौशालाले साढे चार बिगाहा जमिनमा २०० वटा गाई पालनपोषण गर्दै आएको छ र गाईको सेवा पनि प्रदान गर्दै आएको छ, संस्थाका उपाध्यक्ष राजेश गोल्यानले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...