News Portal

रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

१५२ पटक

रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको अवसर पारेर प्रत्येक वर्ष संस्थाले साधारण सभा गर्दै आएको छ। २०३७ सालमा स्थापना भएको उक्त गौशालाले ५२ बिगाहा भूमिको संरक्षण गर्दै गोसेवा स्थापना गरेको थियो।

स्थापनाकालदेखि नै गौशालामा योगदान गरेका व्यक्तिहरुलाई साधारण सभाबाट सम्मान पनि गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि मेयर दिलिप बगडिया हुनुहुन्थ्यो भने विशिष्ट अतिथि उपमेयर धुमा पराजुली, सलाहाकार मदन बगडिया, सहदेव राजगढ़िया, मंगलचंद बगडिया, वडा अध्यक्ष रामचन्द्र मण्डल, भरत प्रसाईं, समाजसेवी मचिन्द्र कटुवाल, सुरेश मिश्र, सन्तोष साह, राजेश बगडिया, राजेश शर्मा तथा विभिन्न वडाका अध्यक्षहरू उपस्थित थिए।

गोपाष्टमीको अवसरमा संस्थाले गाई पूजन, हवन र महाप्रसादको समेत व्यवस्था गरेको थियो। गौशालाले साढे चार बिगाहा जमिनमा २०० वटा गाई पालनपोषण गर्दै आएको छ र गाईको सेवा पनि प्रदान गर्दै आएको छ, संस्थाका उपाध्यक्ष राजेश गोल्यानले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...