News Portal

  • सुम्निमा पारुहाङको मुन्दुमी व्याख्या विश्लेषण, यस्तो बन्दै छ सृष्टिकर्ताको प्रतिमा (भिडियो सहित)

    मुलघरे कान्छा “राजेन खिम्बुले राई”
    ५५७ पटक

    खोटाङ – किराती समुदायको मुन्दुममा सुम्निमा-पारुहाङको महिमा वर्णन प्रशस्त रुपमा पाईने गरिएको छ। मुन्दुम अनुसार सुम्निमा-पारुहाङलाई सृष्टिको उत्पती गराउने विभिन्न जीव जीवात्माको र सारा चराचर जगतको उत्पत्ती गराउने सृष्टिकर्ताको रुपमा वर्णन गरिएको छ।

    त्यस्तै, मुन्दुममा सुम्निमा-पारुहाङलाई मामा सुम्निमा, पापा पारुहाङ भनेर साकुदिमा-साकुदिवाको रुपमा वर्णन गरेर आदिम माता र आदिम पिता, आदिम पुर्खाको रुपमा पनि लिने गरिएको पाईन्छ। मुन्दुममा अनिवार्य रुपमा महिमा गाईने सुम्निमा-पारुहाङको स्केच, प्रतिमाहरु किरात समाजमा पछिल्लो समयमा सृष्टिकर्ताहरु सुम्निमा-पारुहाङको आधुनिक युगको आधुनिक मानवहरु जस्तो विभिन्न स्केच, तस्बिर र प्रतिमाहरु बनाउने कार्य तिब्र रुपमा बढिरहेको छ।

    किरात समुदायमा सृष्टिकर्ता सुम्निमा-पारुहाङ सृष्टिकालिन समयमा कस्तो थियो होला भनेर मुन्दुमले व्याख्या विश्लेषण गरे अनुसारको एउटा प्राज्ञिक बहस र छलफल गरेर सबैलाई मान्य हुने साझा सामुदायिक धारणा बनाएर एउटा निचोडमा पुगेका छैन। 

    सुम्निमा-पारुहाङ कुनै पनि आकार प्रकारको नभएको निराकार हुन कि? जस्ता तर्कहरु किराती समुदायमा बिधमान रहेको पाईएको छ। सुम्निमा-पारुहाङ आकार? सहितको? आदिम किराती मानव पुर्खा थिए या विम्वात्मक रुपमा सुम्निमा र पारुहाङलाई प्रकृतिका रुपमा लिईएको हो या सुम्निमा-पारुहाङ भनेको चेतनाको तहलाई भनिएको हो? जस्ता आआफ्नो बुझाई र तर्कहरुका विषयमा प्राज्ञिक बहस छलफल गरेर एउटा निचोडमा पुग्न सकिएको छैन। 

    सुम्निमा-पारुहाङलाई किरात समुदायमा आदिम पुर्खा साकुदिमा मामा सुम्निमा र साकुदिवा/पापा पारुहाङलाई सृष्टिकर्ताहरुको रुपमा लिने गरिन्छ। त्यस्तै, सुम्निमालाई (हेन्खामा/धर्ती)को रुपमा र पारुहाङलाई (निनाम्मा/आकाश)को रुपमा लिने गरिन्छ। 

    यो सृष्टिको उत्पत्ती गराउने सृष्टिकर्ताहरु सुम्निमा र पारुहाङ त्यो सृष्टिकालिन समयमा आदिमयुगमा कस्तो हुनुहुन्थ्यो होला ? भनेर गहिरो रुपमा चिन्तन, मनन वा कलपना गरेर मुन्दुमले व्याख्या विश्लेषण गरे झै मुन्दुमी व्याख्याको आधारमा त्यही सुम्निमा-पारुहाङको स्केच तैयार गरीएको छ।

    साल्पा-सिलिचुङ परीयोजनामा सुम्निमा-पारुहाङको प्रतिमा नै मुख्य आकर्षणको केन्द्र भएकोले किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा सिलिचुङ दर्शन गर्न जाने दर्शनार्थीहरुले सुम्निमा-पारुहाङको दर्शन गरेर शिर निहुराई पुजा गर्ने भएकोले सुम्निमा-पारुहाङलाई सामान्य मानिसहरु जस्तो मात्र नभएर आदिमयुगको या अलौकिक रुपमा मुन्दुमले व्याख्या विश्लेषण गरेझै मुन्दुमी व्याख्याको आधारमा सुम्निमाको स्केचलाई आधा शरिर हेन्खामा धर्तीको रुपमा र पारुहाङको आधा शरीर (निनाम्मा/आकाश)को रुपमा अनी आधा शरीर आदिमयुगको मानवरुपी आदिम पुर्खाहरुको रुपमा देखाईएको छ।

    सुम्निमा-पारुहाङको स्केचलाई सृष्टिकालिन समयमा सृष्टिकर्ताहरु सुम्निमा-पारुहाङ कस्तो हुनुन्थ्यो होला? स्केच प्रतिमा कस्तो हुनुपर्छ? सुम्निमा-पारुहाङ कुनै पनि आकार नभएको निराकार हुन कि ? आकार ? सहितको ? मानव पुर्खा थिए या सुम्निमा र पारुहाङलाई प्रकृतिके रुपमा या सुम्निमा पारुहाङ भनेको चेतनाको तहलाई मात्र भनिएको हो? आदिम पुर्खाहरु नै हुन भन्ने सबै प्रकारको प्राज्ञिक बहस छलफललाई खुल्ला छाड्दै यस साल्पा सिलिचुङ परीयोजनामा साल्पा सिलिचुङमा राख्न लागिएको सुम्निमा-पारुहाङको प्रतिमाको स्वरुपलाई सकेसम्म मुन्दुमी तायामी मुन्दुमविदहरु, माङ्पाहरु र मुन्दुम अध्येताहरुको ज्ञान–व्याख्या विश्लेषण र सल्लाह सुझावके आधारमा सुम्निमा–पारुहाङको स्केच तयार पारिएको हो। 

    सुम्निमा-पारुहाङको स्केच तयार पार्नको लागि महिनौ दिन भन्दा धेरै मुन्दुमीहरु संग परामर्श गरेर एउटा निचोडमा पुगेको हो ।  सुम्निमा-पारुहाङको स्केच तयार पार्नको लागि दिनरात नभनी मलाई मुख्यत बौद्धिक रुपमा सुझाव सल्लाह र सहयोग गर्नुहुने मुन्दुमी/तायामी मुन्दुमविद रणबहादुर बोखिम राईलाई विशेष धन्यवाद प्रकट गर्दछौ।

    त्यस्तै, चित्रको अन्तिम रुप दिन सुझाव सल्लाह दिनुहुने मुन्दुम अध्येता कमल गंज राई र माङ्पा ढकबहादुर राई माङ्पालाई साथै यस सुम्निमा-पारुहाङको स्केच समग्र प्रारुप तयार गर्न सहयोग गर्नु हुने सम्पूर्णलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ। कलाकार डिबि याम्फुसंग दिनरात परामर्श दिएका थिए। वीरबहीदुर राईलाई समेत विशेष धन्यवाद।

    स्केच तयार पार्नुहुने प्रतिष्ठित कलाकार डिबी याम्फु, मुन्दुमले व्याख्या विश्लेषण गरेझै सृष्टिकालको, आदिमयुगको प्राकृतिक रुपमा रहेको सुम्निमा-पारुहाङको ऐतिहासिक स्केच तयार पार्नु भएको हो। साल्पा सिलिचुङ परीयोजनाको सुम्निमा-पारुहाङको प्रतिमा लगायत विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा निर्माण गर्ने पवित्र तथा ऐतिहासिक महाअभियान संगै मुन्दुममा व्याख्या विश्लेषण गरेझै तयार पारिएको सुम्निमा–पारुहाङको स्केच पनि किरात समुदायको निमित्त संसारभरको किरातीहरुको लागि एउटा ऐतिहासिक उपलब्धि हो। 

    सुम्निमा पारुहाङ स्केच/प्रतिमाको मुन्दुमी वर्णनः मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु सुम्निमा र पारुहाङलाई श्रृष्टिकर्ताहरुको रुपमा व्याख्या वर्णन गरेको छ। मुन्दुमले सुम्निमालाई (हेन्खामा/धर्ती)को रुपमा र पारुहाङ लाई(निनाम्मा/आकाश)को रुपमा व्याख्या वर्णन गरेको छ। 

    किरात राईहरुको भाषामा पारुहाङको शाब्दिक अर्थ=पा भनेको पिता, रु= रमारुङ भनेको साह्रा चराचर प्राणी जगत, हाङ भनेको राजा अर्थात पारुहाङको शाब्दिक अर्थ= यो चराचर प्राणी जगतको पिता, प्राणी जगतको सृष्टिकर्ता÷पिता÷राजा भन्ने अर्थ लाग्ने देखिन्छ। त्यस्तै, सुम्निमा शब्द सुम्दिम सुम्दिमाको शाब्दिक अर्थ न्यानोपन दिने आदिम माता भन्ने अर्थ लाग्ने देखिन्छ।

    सुम्निमाको मुन्दुमी वर्णन सहितको स्केचः  मुन्दुमले वर्णन गरेझै सृष्टिकर्ता सुम्निमालाई हेन्खामा (धर्ती) को रुपमा देखाउनका लागि सुम्निमाको आधा शरीरलाई हेन्खामा (धर्ती) र आधा शरीर शरीर मानवरुपी पुर्खाको रुपमा देखाईएको छ।

    सुम्निमाको शिरमा मुन्दुमी फुल पहेलो आम्लाबुङ (सुनाखरी) फुल (सायाबुङ)को रुपमा रहेको छ। सुम्निमाको गलामा आदिम युगको किराती पुर्खाहरुले सांस्कृतिक रुपमा प्रयोग गरेका प्राचीन किराती गहना (माला) वाछुईनारी (पल्लिकमाला) लाई पहिर्याईएको छ।

    सुम्निमाको दाहिने हातमा मुन्दुमी सोलेन्वा र देब्रे हातमा बेच्छुक(अदुवा रहेको छ। सुम्निमाको कम्मरमुनीको शरीरको भाग मुन्दुमी वनस्पती काहुलोको पातले ढाकिएको छ। सुम्निमाको कम्मरदेखि मुनी आधा शरीर हेन्खामा (धर्ती)मा चोमोलुङ्मा, साल्पा पोखरी र सिलिचुङ देखाईएको छ।

    त्यस्त, साल्पा सिलिचुङ क्षेत्रका विभिन्न हिमाल पहाडखोलानाला, वनजंङ्गल र प्राकृतिक रुपमा पाईने मुन्दुमी वनस्पती र साल्पा क्षेत्रमा प्राकृतिक रुपमा पाईने मुन्दुमी फुल फुलिरहेको र समग्रमा सुम्निमालाई मुन्दुममा वर्णित हेन्खामा (धर्ती) को रुपमा र सृष्टिकर्ता आदिम पुर्खाको रुपमा चित्रण गरी देखाईएको छ।

    पारुहाङको मुन्दुमी वर्णन सहितको स्केचः मुन्दुमले वर्णन गरेझै सृष्टिकर्ता पारुहाङलाई निनाम्मा(आकाश) को रुपमा देखाउनका लागि पारुहाङको आधा शरीरलाई निनाम्मा आकाशको रुपमा देखाईएको छ। 

    पारुहाङको शिरमा मयुंरको प्वांख, सेतो आम्लाबुङ(सुनापाती)को पातको दोलोकोम्मा (मुन्दुमी मुकुट) पहिर्याईएको छ। पारुहाङको गलामा आदिमयुगमा किराती पुर्खाहरुले सांस्कृतिक रुपमा प्रयोग गरेका प्राचिन किराती गहना(माला)वाछुईनारी(पुल्लिक माला)लाई पहिर्याईएको छ।

    पारुहाङको दाहिने हातमा मुन्दुमी सोलेन्वा र देब्रे हातमा घुङरिङको (सिखिवा) रहेको छ। पारुहाङको कम्मरदेखि मुनिको शरीरको भाग मुन्दुमी वनस्पती कट्टुसको पातले ढाकिएको छ। पारुहाङको कम्मरमुनीको शरीरको भागलाई निनाम्मा (आकाशको तहहरु) लाई पारु बसेको स्थानको रुपमा देखाईएको छ। सेची सेन्मी माङ्पाले चिन्ता बस्दा पारु खेल्दा सुप्तुलुङ देखि घुरेनसम्मको, घुरेनदेखि आधा बाटो र मृतकको लामतुम ३ तुमलाई नजोडेर पारु बसेको स्थान पारु पुग्नको लागि सेचीसेन्मी माङ्पाहरुले ८ तहसम्मको रेप्कातुङ खेलेर पुगिने भएकोल थान देखीको पारु पुग्नको लागि ८ तहको पारु खेल्ने ८ तुम १) बक्सा छोङ २) चेत्चुरी छोङ ३) नाम्ची छोङ ४) कुयु छोङ ५) बिरावा छोङ ६) साम्सेङवा छोङ ७) सापा छोङ ८) सिङ्लु छोङलाई ८ तलको आकाश निनाम्माको रुपमा देखाईएको छ। समग्रमा पारुहाङलाई मुन्दुममा वर्णित निनाम्मा (आकाश) र सृष्टिकर्ता आदिम पुर्खाको रुपमा चित्रण गरी देखाईएको छ।

    अन्तमाः यस सुम्निमा-पारुहाङको स्केच या प्रतिमाको रुप रंग र आवरण बारे भोलीको दिनमा हुने सम्पुर्ण प्राज्ञिक बहस छलफललाई बाकी दिनहरुमा खुल्ला छाडेर यस साल्पा सिलिचुङको परीयोजना प्रतिमाको रुपमा चाडै नै स्थापना गरिने मुन्दुमी व्याख्या विश्लेषण वर्णन सहितको यस सुम्निमा पारुहाङको स्केच र प्रतिमा बारे आउने सबै प्रकारको बहस छलफल सल्लाह सुझाव र प्रतिक्रियालाई सम्मान पुर्वक सकारात्मक रुपमा लिईनेछ।

    मुलघरे कान्छा “राजेन खिम्बुले राई”
    भोजपुर, हाल बेलायत

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १८ गते मंगलबार इश्वी सन २०२४ अप्रिल ३०...

    खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ...

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१

    कुवेत– नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो ३१ मे २०२४ शूक्रबार...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal