News Portal

बाजुराको बडीमालिकाका प्रशासकिय अधिकृतलाई वडाअध्यक्षले दिए गोली हान्ने धम्की

हिमालीसंचार संवाददाता
३४६ पटक

धनगढी। बाजुराको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले ज्यानमार्ने धम्की आएको भन्दै सुरक्षाको माग गरेका छन्।

उनले बुधवार बडीमालिका नगरपालिका वडा नम्मर ६ का वडा अध्यक्ष किष्ण खड्काले गोली हानेर मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

उनले भने, ‘हिजो बिहान ९ बजे तिर हो। मेयर साप, ६ नम्बरको वडाध्यक्ष र ७ नम्बरको वडाध्यक्ष तीनै जना हुनुहुन्थ्यो। काम गरेका छौ, भुक्तानी दिनु भन्नुभयो। प्रक्रियामा नआएकालाई समस्या हुने भनेको थिए। कर्मचारीलाई प्रक्रियामा नआएकालाई दबाब दिन सक्दैन भनेको थिए। मेरो यति रुपैया भुक्तानी दिनुछ। नभए, गोली हानेर मार्छु भन्नुभयो। मेयर साप नभएको भए मार्ने। दुई पटक हान्न आउनु भएको हो।’

प्रमुख प्रशासकिय अधिकृत विकलाई ज्यान मार्ने धम्की आएपछि उनले जिल्ला प्रशासन कार्यालय बाजुरामा बुधवार नै ज्यानको सुरक्षा र कारबाहीका लागि निवेदन दिएका छन्। वडा अध्यक्ष खड्काले नगर प्रमुख अमर खड्काको कार्यकक्षमा गोली हान्ने धम्की दिएको विकले बताए।

उनले प्रक्रियामा नभएका योजनाको भुक्तानीका लागि कर्मचारीहरु र जनप्रतिनिधीसँग छलफल गर्ने बताए पनि वडा अध्यक्ष किष्ण खड्काले यसको २० गते भित्र रकम भुक्तानी नगरे गोली हान्ने धम्की दिएका हुन्। यता यो विषयमा जानकारी लिन खोज्दा वडा अध्यक्षको फोन उठेन।

आफुलाई नगरपालिकामा पटकपटक धम्काउने गरेको प्रमुख विकले गुनासो गरेका छन्। उनले आफुलाई बडिमालिका नगरपालिकामा कार्यालय सहयोगीदेखि जनप्रतिनिधीहरुले धम्काएर ज्यान मार्ने धम्की पटकपटक दिदै आएको बताएका हुन्। उनलाई केहि दिन अगाडि कार्यालय सहयोगी खडक रानाले समेत ज्यान मार्ने धम्की दिएका थिए।

बडिमालिका नगरपालिकाको १३ औँ नगरसभामा धेरै महगो र धेरै ठुलो खसी किन चाहिँयो भन्दा उल्टै प्रमुख प्रशासकिय अधिकृत माथी अपशब्द प्रयोग गर्दै कार्यालय सहयोगी राना लगायत अन्य व्यक्तिहरुले ज्यान मार्ने धम्की दिएको हुन्।

यसको विषयमा नगरप्रमुख अमर खड्काले पनि बेवास्ता गरेको कार्यकारी अधिकृत विकले सामाजिक संजाल फेसबुकमा दुखेसो पोखेका छन्। नगर प्रमुख खड्कालेसमेत फोन उठाएनन्। दिनेशखबरबाट।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...