News Portal

कानेपोखरी गेउरिया खोलाको पुल निर्माण सम्पन्न नहुदा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य

हिमालीसंचार संवाददाता
२९४ पटक

रबिन्द्र बराल/मोरङ, जेष्ठ २४ बुधबार – मोरङको रंगेली, कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-२ स्थित गेउरीया खोलाको पुल पुनःकछुवाको गतिमा निर्माण भईरहदा सर्वसाधारणले जोखिम पुर्ण यात्रा गर्न बाध्य भएका छन्।

ठेक्केदारले बारम्बार म्याद थप गरेता पनि अहिलेसम्म पनि काम भने सम्पन्न हुन सकेको छैन । त्यस्तै, सम्बन्धित निकायको ध्यान समेत जान सकेको छैन्। उक्त पुलको निर्माणकार्य २०७१ सालमा फिचर एण्ड सराउद्धिन जेविले १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कोरोड १८ लाख रुपैयाँमा ठेक्का पाएको थियो। तर, ९ बर्ष बितिसक्दा समेत पुलको काम सम्पन्न हुन सकेको छैन । 

एक महिनादेखि पुल ढलानका लागि छड बाध्ने काम सुरु भएको र पुलको काम भएता पनी कछुवाको गतिमा पुलको निर्माण अगाडि बढीरहेको स्थानीयहरुले बताए । अब आउने बर्षको समयमा समेत स्थानीयले पुरानै दुख भोग्नु पर्ने आवस्था कायमै रहने स्थानीयको आकलन रहेको छ।  

यस भेगमा दैनिक आवतजावत गर्ने गाडी चालकहरुले  बर्षादेखि दुख पाउने र दैनिक सयौं यात्रुहरु लिएर आवतजावत गर्न ड्राइभरले भने यात्रा जोखिम उस्तै रहेको छ। यस क्षेत्रमा कुनै बेला पनि दुर्धटना हुने सम्भावना र सर्वसाधारणको ज्यान जोखिम पारेर हिड्न बाध्य रहेको स्थानीयहरुले बताए । 

ठेक्केदारले गत  चैत्र महिनासम्म पुलको सम्पूर्ण काम सम्पन्न गर्ने र बैशाख महिनादेखि सो पुलबाट आवत जावत हुने भनिएता पनि असार लागि सक्दा समेत पुल भने निर्माणकार्य सम्पन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...